Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

केयर रेटिङ र इक्राले सेयर बजारमा लगानीकर्ताको रकम डुबाउने काम गरिरहेका छन् : यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१३फाल्गुन: जनता समाजवादी पार्टीका सांसद प्रदीप यावदले केयर रेटिङ नेपाल र इक्रा नेपालले गैह्रकानुनीरुपमा कम्पनीको रेटिङ बढाउने गरेको दाबी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले यी दुई एजेन्सीले गैह्रकानुनीरुपले कम्पनीको रेटिङ तोक्दै आएको सूचना आफूले पाएको दाबी गर्दै सेयर बजारमा लगानीकर्ताको रकम डुब्ने जोखिम बढ्दै गएको बताए।

जसपा नेपालका प्रमुख सचेतक समेत रहेका यादवले केयर रेटिङ नेपाल र इक्रा नेपालले कानुनअनुसार रेटिङ गरेको छ वा छैन भनेर धितोपत्र बोर्डको नियमन कमजोर भएको जिकिर गरे।

’मैले सूचना पाएअनुसार यी एजेन्सीहरूले गैरकानुनरुपले रेटिङ बढाउँछन्। धितोपत्र बोर्डले दूधको साक्षी बिरालो जस्तो भएर बसेर हेरिरहेको छ,’उनले प्रश्न गर्दै भने,’रेटिङ कुनै पनि कम्पनीको वास्तविक अवस्था थाहा पाउन गरिन्छ। यसको नियमन धितोपत्र बोर्डले किन गर्दैन?’

रेटिङ एजेन्सीहरूसँग मिलेर सेयर बजारका दलालहरूले नै बजार घडबढ गर्न चलखेल गर्दै आएको दाबी उनले गरे। उनले भने,’ यी खेलाडीहरू रेटिङ कम्पनीसँग मिलेर सेयर मार्केटमा केही लगानी गर्छन् । तब सेयर मार्केट माथि बढ्छ अनि बजार नबुझेका लगानीकर्ताहरू लगानी गर्छन् । अनि ती बिचौलियाहरू आफ्नो रकम झिक्छन् र सोझा लगानीकर्ताहरू डुब्छन्।’

रेटिङ एजेन्सीहरूले पूर्वाग्रही भएर रेटिङ तोकिदिँदा लगानीकर्ताले मेहेनत गरेर कमाएको रकम गुम्ने जोखिमको संभावना रहेको बताउँदै रेटिङ एजेन्सीको कानुनअनुसार काम गरिरहेको छ÷ छैन भनेर नियमित अनुगमन हुनुपर्ने बताए।

कम्पनीको साख निर्धारण गर्न रेटिङ गरिन्छ। जुन आईपीओ,एफपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका कम्पनीको जोखिम के कस्तो छ भनेर केयर रेटिङ नेपाल र इक्रा नेपालले मूल्यांकन गर्नेगर्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० फाल्गुन १३,आईतवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० फाल्गुन १३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद