Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छैठो बलिदानी दिवस वीरगञ्जमा मनाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ ५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मधेश प्रदेश सरकारले बीरगञ्जमा आज छैठो बलिदानी दिवस मनाएको छ । गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बीरगञ्जको नगर सभागृहमा बलिदानी दिवस मनाइएको हो ।

बलिदानी दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले राज्य प्रणालीमा परिवर्तन ल्याएको बताए ।

उनका अनुसार देशमा भएका अन्य आन्दोलनहरु केवल सत्ता प्राप्तिका लागि भएको थियो । तर मधेश आन्दोलन भने राज्य प्रणाली परिवर्तन ल्याउने आन्दोलन थियो,’उनले भने ।

बलिदानी दिवसमा बोल्दै जसपा अध्यक्ष यादवले मधेश आन्दोलनमा सहिद भएका सबैप्रति श्रदाञ्जली अर्पण गर्दै भने,‘अब फेरि मधेशमा अर्को ठूलो संकट आउन लागेको छ, त्यो संकट भनेको चुरेको उत्खनन हो । यो उत्खननले मधेश नै ध्वस्त हुने भएकाले यसको संरक्षण गर्नुपर्छ ।’

माफियाहरुको चलखेलमा चुरेबाट बालुवा गिट्टी उत्खनन गर्ने खेल भइरहेको छ, जसबाट मधेशमा पानीको मुहान अझ तल घटेर जान्छ । यो भनेको मधेशको हितमा होइन, उनलेभने,‘यो रोक्नका लागि सदकदेखि सदनसम्म संघर्षको जरुरी छ । त्यो संघर्षको तयारीमा तपाइहरु बस्नुहोला ।’

कार्यक्रममा सहभागि मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले घाइते र सहादत परिवारका लागि एउटा कार्ड जारी गर्ने सरकारको तयारी रहेको बताए । उनका अनुसार मधेश सरकारबाट जारी यो कार्डले प्रदेशभरिका अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गरिन्छ ।

उनी भन्छन्,‘अब प्रदेश सरकारबाट कसैलाई विभेद गरिदैन्, सबैलाई जागिरको व्यवस्था गरिन्छ, अन्य सेवा सुविधा पनि दिइन्छ । त्यसका लागि प्रदेश सरकार आफ्नो गृहकार्य सुरु गरिसकेको छ ।’

कार्यक्रममा सांसद प्रदीप यादव, पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दी,प्रदेश सांसदहरु जनार्दन सिंह क्षेत्री, श्याम पटेल लगायतकाले आफ्नो धारणा राखेका थिए ।

बलिदानीको दिवसको अवसरमा ६३ जना सहिद परिवारलाई जनही ३ लाखको दरले चेक वितरण गरिएको थियो भने कदरपत्रले सम्मानित गरिएको थियो ।

यसैगरी १३० जना घाइते परिवारका सदस्यहरुलाई १ देखि २ लाखसम्मको चेक हस्तान्तरण गरिएको थियो ।

प्रदेशका गृहमन्त्री महम्मद समिम मियाँको अध्यक्षतामा बलिदानी दिवस कार्यक्रम आयोजना भएको थियो ।

यसैबीच कालिकामाइ गाउँपालिकाका घाइते दिनेश साह कानुसहितका घाइते परिवारका सदस्यहरुले कार्यक्रममा विरोध प्रदर्शन जनाएका थिए । आन्दोलनमा घाइते भएकाहरुसंग विभेद गरिएको भन्दै कार्यक्रमस्थलमा विरोध जनाउँदै प्रदर्शन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० माघ ५,शुक्रबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० माघ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद