Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

समाजवादी प्रेस संगठन पर्साकाे एक कार्यक्रमबीच प्रमाण पत्र वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १२,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, १२ फागुन ।

समाजवादी प्रेस संगठन नेपाल पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

मकवानपुर जिल्लाकाे भिमफेदी गाउँपालिकास्थित त्रिखण्डी वनभाेज स्थलमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणि सुवेदीले संगठनले श्रमजिवि पत्रकारकाे हितमा काम गर्नु पर्ने वताए ।

उनले पर्सा जिल्ला समितिले आफ्ने क्रियाशिलता राम्राे प्रस्तुत गरेकाे भन्दै खुशी व्यक्त गर्दै संगठनले अब महासंघकाे निर्वाचन केन्द्रित गतिविधिमा लाग्नु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष सुवेदीले पर्सा संगठनकाे विषयमा केही हल्लाहरु भएपनि कुनै समस्या नरहेकाे स्पष्ट पारे । उनले संगठनकाे नाम, छाप र लेटर प्याड दुरुपयाेग गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालमा कारवाहीकाे लागि पत्रचार समेत गरिसकिएकाे जानकारी गराए ।

कार्यक्रममा माघ १२ गते सम्पन्न विशेष जिल्ला अधिवेशनबाट निर्वाचित शम्भु कुमार सुमन नेतृत्वकाे कार्यसमितिलाई प्रमाण पत्र तथा परिचय पत्र समेत वितरण गरिएकाे संगठन पर्साका सचिव विनाेद पटेलले जानकारी दिए ।

संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, संगठनका केन्द्रिय सचिव वृजलाल पासवान, सचिवालय सदस्य रेविन्द्र कार्की, केन्द्रिय सदस्य एवम् मधेश प्रदेश सचिव रमेश सुवेदी, केन्द्रिय सदस्यद्वय मनाेज पटेल, अफराेज अर्पन, संगठनका मकावानपुर अध्यक्ष शिव चाैलागाई, चितवन सचिव पुर्ण बहादुर मगर लगायतकाे सहभागिता रहेकाे थियाे ।

समाजवादी प्रेस संगठन नेपाल, पर्साकाे आयाेजनामा भएकाे कार्यक्रमकाे संचालन संगठन पर्साका सह सचिव श्याम कुमार सर्राफले गरेका थिए । साेही कार्यक्रममा संगठन पर्साका निर्वतमान अध्यक्ष एवम् केन्द्रिय सदस्य मनाेज पटेललाई संगठले दिएकाे जिम्मेवारी अनुसार विशेष अधिवेशन कुशलता पुर्वक सम्पन्न गरेकाे भन्दै प्रशंसा पत्रले सम्मान समेत गरिएकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० फाल्गुन १२,शनिबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० फाल्गुन १२,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद