Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home पत्रपत्रिका

वीरगन्जमा चलचित्र पत्रकार संघका केन्द्रीय सचिव नविनलाई स्वागत तथा सम्मान 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ६,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ६ चैत । चलचित्र पत्रकार संघ नेपालका नवनिर्वाचित केन्द्रीय सचिव नविन गिरीलाई वीरगन्जमा स्वागत तथा सम्मान गरिएको छ । वीरगन्जबाट पत्रकारिता शुरुवात गरेका गिरी विधागत पत्रकारिताको पेशागत संगठन चलचित्र पत्रकार संघको केन्द्रीय सचिवमा निर्वाचित भएपछि वीरगन्ज आएको बेला चलचित्र पत्रकार संघ पर्सा शाखा र मध्य नेपाल मिडिया प्रालिले स्वगत गरेको हो ।

गिरीलाई मध्य नेपाल मिडिया प्रालिमको कार्यालयमा स्वागत तथा सम्मान सहित बधाई दिदै आगामी दिनको सफल कार्यकालको शुभकामना पनि दिईएको थियो । मध्य नेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्का र चलचित्र पत्रकार संघ पर्सा शाखाका सचिव सूर्यनारायण विकले टिका र खादा लगाएर स्वागत सम्मान गरेको हो ।

गिरीलाई स्वगत गर्दै वीरगन्जबाट पत्रकारिता शुरुवात गरेर विधागत पत्रकारिताको संगठनमा पुगेकोमा बधाई दिदै वीरगन्जमा पनि चलचित्र पत्रकारिताका लागि केही सहयोग गर्न सुझाव दिईएको छ । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ पर्सा शाखाका सल्लाहाकार नीरज पिठाकोटे मगरले चलचित्र पत्रकार संघ पर्सा शाखाको संगठन सुदृढीकरण र पत्रकारिता क्षेत्रको विकासका लागि केन्द्रबाट आवश्यक प्राविधिक लगायतका सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मध्य नेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काले वीरगन्जबाटै पत्रकारिता क्षेत्रमा मनोरञ्जन क्षेत्रको पत्रकारितामा स्थापित भएकोमा बधाई दिदै वीरगन्जलाई सम्झिरहन आग्रह गर्नुभयो । सम्मान ग्रहण गर्दै गिरीले आफूले शुरुवात गरेको पत्रकारिताको आधारक्षेत्रलाई कहिल्यै नर्बिसने प्रतिवद्धता व्यक्त गर्दै आफूले र संगठनले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगंज के पूर्व मेयर सरावगी एमाले से देहलन राजिनामा, जसपा मे जाएके चर्चा बढल
पत्रपत्रिका

वीरगंज के पूर्व मेयर सरावगी एमाले से देहलन राजिनामा, जसपा मे जाएके चर्चा बढल

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
मधेश प्रदेशका परिश्रमी हातहरू
पत्रपत्रिका

मधेश प्रदेशका परिश्रमी हातहरू

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद