काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शीर्ष स्थानको गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । गुजरात र दिल्लीबीचको खेल अहमदाबादमा नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।
दिल्लीविरुद्ध भिड्दा साविक विजेता गुजरात सातौ जितको खोजिमा हुनेछ । गुजरातले यसअघि ८ मध्ये ६ खेलमा जित हात पार्दा २ खेलमा पराजय भोगेको छ । गुजरात १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
यता दिल्ली भने गुजरातलाई पराजित गरेर तेस्रो जित हात पार्न चाहन्छ । दिल्लीले ८ मध्ये ६ खेलमा पराजय भोग्दा केवल २ खेल जितेको छ । दिल्ली ४ अंकसहित १० टिमको सहभागिता रहेको आईपीएलको तालिकाको पुछारमा छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस