Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

३३ स्वर्ण हात पार्दै वीरगञ्जले जित्यो राष्ट्रपति रनिङ सिल्डको उपाधि

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १०,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि वीरगञ्ज महानगरपालिकाले हात पारेको छ ।

नारायणी रंगशालामा बिहीबार र शुक्रबार भएको प्रतियोगितामा सबैभन्दा धेरै ३३ स्वर्ण पदक हात पार्दै वीरगञ्जले उपाधि हात पारेको हो ।

महानगरले एथलेटिक्स तर्फ १६, तेक्वान्दोमा र सितोरियो करातेमा ६÷६ वटा स्वर्ण पदक हात पारेको हो । यस्तै कबड्डिमा महिला पुरुष गरि २ स्वर्ण हात पारेको महानगरले भलिबमा भने महिलातर्फ १ वटा स्वर्ण पदक हात पार्दै उपाधिमा वर्चश्व कायम राखेको हो ।

विभिन्न विधा गरेर ४४ वटा इभेन्टमा प्रतियोगिता भएकोमा महानगरले मात्रै ३३ वटा स्वर्ण जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका विजय शाह ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा ठोरी गाउँपालिका १० स्वर्ण जित्दै दोस्रो भएको छ भने बहुदरमाई नगरपालिका १ स्वर्णमै सिमित भएको छ ।

१४ वटा पालिका रहेकोमा प्रतियोगितामा ४ वटा पालिकाले मात्रै सहभागिता जनाएका थिए । प्रतियोगितामा महानगरका विभिन्न विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख १०,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद