सिमरा, १६ चैत्र
चालु सिजनको ‘ए’ डिभीजन लिगमाअपराजितचर्च ब्वाइजयूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिहोडमा प्रवेश गरेको छ ।
विहिबार सिमरा रङ्गशालामा साविकविजेता न्युरोड टिम एनआरटीलाई २–० ले पाखालगाउँदै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आँफूलाई उभ्याउन सफलबन्यो ।
उपाधि रक्षाको मनोबलका साथसिमरा आएको साविकविजेता न्युरोड टिम एनआरटीविरुद्ध चर्च ब्वाईजकाअफ्रिकी मिडफिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले एक–एक गोल गरे ।
सिमरा रङ्गशालाको फ्लडलाईटमा एनआरटीलाई दबाबमा राखेको चर्च ब्वाईजकालागि१६ औं मिनटमा ओउसो बेम्पाले पेनाल्टीमार्फत अग्रतादिलाए । आक्रामकमुभबनाएकाचर्च ब्वाईजका रञ्जित पाण्डेलाई एनआरटी कप्तानविक्रमधिमालले डिबक्स भित्रफाउल गरेपछि फिफा रेफ्रीनविन्द्र महर्जनले पेनाल्टी अवसर प्रदान गरे । दूइ खेलाडी बिट गरिसकेको अवस्थामाचर्चका रञ्जित पाण्डेविरुद्ध एनआरटीका विक्रमले फाउल गर्न पुगेका थिए ।
खेलको ५३ औं मिनटमा गोलरक्षक पुजनहोनाको गल्तीका कारण एनआरटी २–० ले पछि प¥यो । डिफेण्डर अजयचौधरीको ब्याकपास नियन्त्रणमा लिएरपनिगोलरक्षक पुजनले समयमैक्लिएर नगर्दा त्यसको फाइदाचर्च ब्वाईजले उठायो । चर्च ब्वाइजका रञ्जित पाण्डेले एनआरटीका गोलरक्षक पुजनको खुट्टाबाट बल खोस्दै सहजै गोलमा परिणत गरिदिए ।
करिब सातहजार दर्शकको उपस्थिती रहेको खेलमादुबै टिमले केहि आकर्षक अवसर बनाएपनिफिनिसिङमा चुकेका थिए । खेलको नवौं मिनटमा चर्च ब्वाईजकामिलन राईको प्रहार साइड बारमालागेर बाहिरीयो । डिबक्स भित्र रञ्जित पाण्डेले दिएको सुन्दर पासमामिलनको सशक्तप्रहार साइडबारमालागेर बाहिरिएको थियो ।
पहिलो हाफमाएनआरटीलाई पूर्ण दबाबमा राखेको चर्च ब्वाईजले खेलको १२ औं मिनटमा अर्को अवसर गुमायो । मनोज राईको क्रसबलमा रञ्जितको हेडर बल एनआरटीका गोलरक्षक पुजनले पंच गरेर क्रसबार माथि पठाए ।
खेलको ३० औं मिनटमा चर्च ब्वाईजकाकमलश्रेष्ठको प्रहार साइडबारमालागेर बाहिरीयो । डिबक्स भित्रै पाएको बललाई उनले सहि दिशादिएकाथिए ।
खेलको ४६ औं मिनटमा एनआरटीकागोलरक्षक पुजन होनाले चर्च ब्वाईजले पाएको अवसरलाई विफलपारे । कमलश्रेष्ठको कर्नर बलमा रञ्जित पाण्डेको हेडर बल पुजनले दोश्रो पटकको प्रयासमापञ्च गरेर बाहिर पठाए । गोललाईन नजिकबाट रिवाउण्ड बलमारञ्जितले उत्कृष्ट हेडर प्रहार गरेका थिए ।
खेलको ३३ औं मिनटमा एनआरटीका कप्तानविक्रमधिमालले चर्च ब्वाईजविरुद्ध बराबरीको अवसर खेर फाले । कृतिस रत्नचुन्जुले पेनाल्टी एरियामाउत्कृष्ट पास निकालेका थिए तर विक्रमले बल प्रहारका लागिचर्चको रक्षापंक्तीतोड्न सकेनन् ।
२–० ले पछि परिसकेको अवस्थामाखेलमा फर्कने प्रयास गरेको एनआरटीका लागि खेलको ५४ औं मिनटमा चर्चका अफ्रिकीगोलरक्षक प्रिसो बाधक बने । कृतिस रत्नचुन्जुले दुई खेलाडी बिट गर्दै पेनाल्टी एरिया नजिकनिकालेको बलमाअशोक थापाको प्रहार चर्चका गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।
त्यसलगतै ५६ औं मिनटमा एनआरटीले अर्को अवसर गुमायो । कृतिस रत्नचुन्जुले पेनाल्टी एरियामै निकालेको सटिक पास सञ्जिब बिष्टले सम्हाल्ननसक्दाएनआरटीले पाएको सुनौलो अवसर गुमायो । सञ्जिबले सम्हाल्ननसक्दा रोहन खड्गीले गरेको फितलो प्रहार चर्चका गोल रक्षक प्रिसोले सहजै बचाए ।
खेलको ६० औं मिनटमा एनआरटीका सञ्जिब विष्टले अर्को अवसर गुमाए । सनमलिम्बुले डिबक्स भित्रनिकालेको बल नियन्त्रणमा लिएरपनि समयमै पोष्टको दिशादिननसक्दाचर्चका डिफेण्डरले क्लिएर गर्ने मौका पाए ।
जितसंगै चर्च ब्वाईजले शनिबार हुने उपाधि भिडन्तमा ‘ए’ डिभीजन क्लबहिमालयन शेर्पासंगको भेट पक्काग¥यो । शेर्पा मकवानपुर ११ हेटौंडालाई पराजितगर्दै जीतपुरसिमरा गोल्डकपको फाइनलप्रवेश गरिसकेको छ ।
खेलको ज्योतीविकास बैंक म्यानअफदिम्याचचर्च ब्वाईजका डिफेण्डर कमलश्रेष्ठ घोषित भए । उनले नगददशहजार र ट्रफि प्राप्त गरे ।उनलाई जीतपुरसिमराका वडाध्यक्ष हिराबहादुर गुरुङ्ग र ज्योतिविकास बैंककासिमरा शाखाप्रमूख भरत आचार्यले पुरस्कार प्रदान गरेका थिए ।
© 2024