सिमरा, १४ चैत्र
सशस्त्रप्रहरीको विभागीय टिम नेपालएपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चकजितनिकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमाप्रवेश गरेको छ ।
सिमरा रङ्गशालामाएपिएफले बनाएको शुरुवातीअग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनलयात्रा तय ग¥यो । रोमाञ्चकजितसंगै उसले न्युरोड टिम एनआरटीसंगको सेमिफाइनलभेट पक्काग¥यो । फाइनलप्रवेशकालागिचर्च ब्वाईजले विहिबार एनआरटीको सामना गर्नेछ ।
एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रतादिलाएपनिएपिएफ सम्हालिननसक्दाप्रतियोगिताबाट बाहिरीयो । श्यामनेपालीले डिबक्स भित्रउपलब्ध गराएको बल नियन्त्रणमा लिंदै सन्तोषले टिमलाई अग्रतादिलाएकाथिए । सन्तोषको एयर बलले जालीचुम्दाचर्च ब्वाईजकाअफ्रिकीगोल रक्षक प्रिसोले बचाउको प्रयास सम्म गर्न पाएनन् ।
चर्च ब्वाईजको जितमामिडफिल्डरद्वयसन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे ।
खेलको ३१ औं मिनटमा चर्चब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमाफर्काए । रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामाडिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।
एपिएफसंगको बराबरी पछि आक्रामक बनेको चर्चब्वाईज पहिलो हाफमै अग्रताबनाउन सफलभयो । खेलको ४३ औं मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रतालिएको थियो ।सुवास गुरुङको क्रसबलमा रञ्जितको स्मरणीय गोलपछि चर्च ब्वाइजकाप्रशिक्षकप्रदिपहुमागाँई दङ्ग देखिन्थे ।
दोश्रो हाफगोल रहित बनेपनिदुबै टिमले आकर्षक अवसरहरु सिर्जना गर्दा सिमरा रङ्गशालामाउपस्थितकरिब सात हजार दर्शक आ–आफ्नो टिमको समर्थनमा हुटिङ गर्दै अन्तिम सम्म प्यारापिटमै बसे ।
खेलको एभरेष्ट बैंकम्यानअफदिम्याचचर्च ब्वाईजकाअफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । एभरेष्ट बैंकका रिजनल हेड विभूतिन्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यानअफदिम्याचको ट्रफि र दशहजार नगदप्रदान गरे ।
प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लबहिमालयन शेर्पाको सामना गर्नेछ ।