Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

सातौं प्याब्सन क्रिकेट – पहिलो खेलमा जीवन ज्योति र आदर्श मावि विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ६,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा जीवन ज्योति मावि विजयी भएको छ । शुक्रबार बिहान अल्पाईन स्कुललाई २० रनले पराजित गर्दै जीवन ज्योति विजयी भएको हो ।
टस जितेर अल्पाईनले बलिङ रोजेपछि जीवन ज्योतिले पहिला ब्याटिङ गरको थियो । १५ ओभर खेलेर ४ विकेटको क्षतिमा जीवन ज्योतिले १ सय ३८ रन बनाएको थियो । १ सय ३९ रनको लक्ष्य पछ्याएको अल्पाईन १४ ओभर एक बलमा १ सय १८ रनमै अलआउट भएको थियो ।

यसैगरी शुक्रबार नै भएको दोस्रो खेलमा सिदार्थ माविलाई ९५ रनले पराजित गर्दै आदर्श मावि विजयी भएको छ । टस जितेर सिदार्थले बलिङ रोजेपछि ब्याटिङ गरेको आदर्श माविले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ७० बनाएको थियो ।


सिदार्थ १ सय ७१ रनको जवाफी लक्ष्य सहित ब्याटिङमा उत्रिएको थियो । उसले १५ ओभर खेल्दा ८ विकेटको क्षतिमा ७५ रन मात्रै जोड्न सक्यो । २६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन तथा ३ विकेट लिन सफल भएका आदर्शका क्रिस श्रीवास्ताव म्यान अफ दी म्याच घोषित भए ।
टि–२० क्रिकेट प्रतियोगिता भएपनि दैनिक तीन वटा खेल सञ्चालन गर्नुपर्ने भएकोले क्वाटरफाईनलसम्म १५ ओभरको खेल खेलाईने प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगंजका २५ वटा विद्यालयले सहभागी जनाएका छन् । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ माघ ६,शुक्रबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद