Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

छैटौंपल्ट विश्वकप जित्ने अभियानमा रहेको ब्राजिललाई विश्वास

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १२,सोमबार
A A
ब्राजिलियन टोली प्रशिक्षणका दौरानमा । तस्बिर – एएफपी

ब्राजिलियन टोली प्रशिक्षणका दौरानमा । तस्बिर – एएफपी

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १२, २०७९एएफपी
दोहा — छैटौंपल्ट विश्वकप जित्ने अभियानमा रहेको ब्राजिललाई विश्वास रहेको छ, विश्व फुटबलका सबैभन्दा महँगा खेलाडी नेयमर चोटबाट फर्केर टिमको नेतृत्व गर्न सक्षम हुनेछन् । कतारमा ब्राजिलको पहिलो खेलमा नेयमरको घुँडामा चोट लागेको थियो । सर्बियाविरुद्ध प्राप्त २–० जितमा उनी खेलको अन्त्यतिर मैदानबाट बाहिर निस्केका थिए ।

पछि उनको एको चोट लागेको निश्चित भएको थियो । समूह ‘जी’ मा ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दा उनले नखेल्ने निश्चित मानिएको छ । डर त के थियो भने सम्भवतः उनले पूरा प्रतियोगिता नै खेल्न सक्ने छैनन् । डिसेम्बर १८ को फाइनल अगाडि उनी चोटबाट मुक्त हुन संघर्षरत रहने सम्भावना थियो ।

तर डिफेन्डर तथा पेरिस सेन्ट जर्मेन ९पीएसजी० का साथी खेलाडी मारक्विन्होले नेयमर गहन उपचारमा संलग्न रहेको र पूर्ण निको भएर मैदानमा फर्कन प्रयासरत रहेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा मारक्विन्होले भने, ‘अहिले उनलाई गाह्रै भइरहेको छ ।’

उनी भन्छन्, ‘पहिलो खेलपछि उनी दुःखी थिए । यो सामान्य पनि हो, किनभने यही विश्वकपका लागि उनले कति धेरै सपना बुनेका छन् । अहिले परीक्षण र उपचार पनि उनी २४ घण्टा नै फिजियोथेरापी गरिरहेका छन् । यसले पनि देखाउँछ, उनी कति धेरै टिममा फर्कन चाहन्छन् । उनी ठ्याक्कै कहिले खेल्न सक्षम हुनेछन्, त्यो हामीलाई थाहा छैन । तर हाम्रो विश्वास छ, यो चाँडोभन्दा चाँडो हुनेछ ।’

ब्राजिली प्रशिक्षक टिटेले सर्बियाविरुद्धको खेललगत्तै नेयमरले प्रतियोगिताकै क्रममा खेल्न सक्षम हुने बताएका थिए । अहिले तिनै प्रशिक्षक ३० वर्षीय खेलाडीको खेल्न सम्भावनाबारे बचेर बोलिरहेका छन् । उनी नेयमर मात्र होइन, राइट ब्याक डानिलोले खेल्न नखेल्नेबारे दाबी गर्न सकिरहेका छैनन् । टिटे भन्छन्, ‘मलाई पूरा विश्वास छ, नेयमर र डानिलो यसै प्रतियोगितामा खेल्न सक्षम हुनेछन्, किनभने यो विश्वकप हो । तर चिकित्सकीय र आधिकारिक रूपमा यस्तै हुनेछ भनेर भन्न सक्ने स्थिति छैन । हामीलाई के विश्वास छ भने नेयमर मात्र होइन, डानिलोले पनि यसै विश्वकपमा खेल्नेछन् ।’

स्टेडियम ९७४ मा हुने खेलमा ब्राजिल स्विट्जरल्यान्डमाथि विजयी रहे, समूह चरणको एक खेल अगाडि नै त्यो अन्तिम १६ मा प्रवेशका लागि पर्याप्त रहन सक्नेछ । तर त्यसका लागि समूह ‘जी’ मा क्यामरुन र सर्बियाबीचको खेलको नतिजा भने कुर्नुपर्नेछ । त्यो हो भने डिसेम्बरको ५ अथवा ६ मा ब्राजिलले अन्तिम १६ को खेल खेल्नेछ । युभेन्ट्सका ३१ वर्षीय खेलाडी डानिलो पनि घुँडाको चोटबाट गुज्रिरहेका छन् र उनले पनि यो चोट सर्बियाविरुद्धको खेलमै बोकेका थिए ।

उनले खेल्न नसक्ने स्थितिमा स्विस टिमविरुद्ध रियल म्याड्रिडका एडेर मिलिटाओ अथवा ३९ वर्षीय डानी एलाभेसलाई उतारिनेछ । तर चर्चाको केन्द्रबिन्दु भने नेयमर नै रहेका छन् । ब्राजिली टिमको प्रदर्शन धेरे हदसम्म नेयमरकै खेलमा भर पर्ने मानिन्छ । सन् २०१४ को ब्राजिलमै भएको विश्वकपमा पनि नेयमर कोलम्बियाविरुद्धको क्वाटरफाइनल खेलमा घाइते भएका थिए । त्यसैले उनी जर्मनीविरुद्ध ७–१ को खेलमा उपस्थित थिएनन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद