वीरगञ्ज – स्वास्थ्य र फिटनेस प्रवर्द्धनमा क्रियाशील पब्लिक फिटनेस सेन्टर वीरगञ्जले आफ्नो ८ औं वार्षिक उत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। क्लबको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल प्रमुख अतिथि थिए भने अध्यक्षता करण यादवले गरेका थिए ।
कार्यक्रममा नेतादेखि समाजसेवी, सञ्चारकर्मी, खेलप्रेमी र क्लब सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। उपस्थित अतिथिहरूले वीरगञ्जमा खेल पूर्वाधारको अभावप्रति चिन्ता व्यक्त गर्दै अधिकारका लागि संघर्ष गर्नुपर्ने धारणा राखेका छन् ।
कमल चौलागाईं, नुतन सरावगी, मनु नेपाली लगायतले युवाको सशक्तिकरण, सामाजिक जागरण र विकासमा क्लबको योगदानको प्रशंसा गरे।
कार्यक्रम संयोजन शिवनाथ यादव र अनिश कान्त कुशवाहाले गरेका थिए।
संस्थाले नशा विरोधी अभियान, स्वास्थ्य सचेतना र सकारात्मक जीवनशैली प्रवर्द्धनमा योगदान दिँदै आएको सहभागीहरूले बताएका छन्।



