वीरगन्ज । पर्सामा नेपाल बिद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन गरिएको छ । वीरगज्मा आइतबार सम्पन्न भेलाले आलोक कुमार चौरसियाको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महा संघ पर्साको जिल्ला कार्यसमिति गठन गरेको हो ।
जसअनुसार, महासंघ पर्साको उपाध्यक्षमा दिपक साह र राहुल श्रीवास्तव,सचिवमा अमित आलोक र कोषाध्यक्षमा विजय कुमार बल रहेका छन् ।यस्तै सदस्यहरु मनिषा सुनुवार श्रेष्ठ,उत्तम गुप्ता,राम दरेस साह,लालबहादुर गुरुंग, विमला गुप्ता,हिमांशु पाख्रिन,राम नरेश यादव र पृथ्वी आलोक रहेका छन् ।
महासंघले पर्साका विद्यालयहरुमा खेलकुदका गतिविधीलाई अझ सकृय र व्यवस्थित बनाउँदै विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीहरु उत्पादनका लागि काम गर्ने अध्यक्ष चौरसियाले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस



