Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

तेस्रो परवानीपुर गोल्डकप : महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ९,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,९ चैत ।
तेसो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिला टोलि बीच मैत्रीपुर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ ।
शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा महिला मैत्रीपुर्ण खेलमा निजगढ फुटबल क्लबलाई वीरगन्ज युथ एकेडेमीले ४-० गोल अन्तरले हराएको हो ।
परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा आजको पहिलो हाफको तेस्रो मिनेटमा वीरगन्ज युथ एकेडेमीकि खेलाडी सजिता स्याङतानले पहिलो गोल गरिन ।
खेलमा एक गोलले अग्रता बनाएको वीरगन्ज युथ एकेडेमीले खेलको २५ औं मिनेटमा दोस्रो गोल गर्यो ।
दोस्रो गोल पनि वीरगन्ज युथ एकेडेमीका सजिता स्याङतान नै गोल गरिन ।

सुरु देखि नै कमजोर रूपमा देखापरेको निजगढ फुटबल क्लबका खेलाडी माथि हाबी देखिएका वीरगन्ज युथ एकेडेमीका खेलाडी खेलको ४३ औं मिनेटमा थप एक गोल गरे ।
तेस्रो गोल वीरगन्ज युथ एकेडेमी कि सदिपा भोलेनले गरिन । लगातार गोल हानेका वीरगन्ज युथ एकेडेमीका खेलाडीले खेल्न सक्नु ५ मिनेट अगावै चौथो गोल गरेका थिए ।चौथो गोल पनि वीरगन्ज युथ एकेडेमी कि सदिपा भोलेनले नै गरेकी हुन् ।
आजको खेलको म्यान अफ दि म्याच वीरगन्ज युथ एकेडेमीका खेलाडी सजिता स्याङतान घोषित भईन ।
उनलाई स्थानीय समाजसेवी हृदयनारायण यादवले नगदसहित शिल्ड हस्तान्तरण गरे ।

यसैबीच आजको मैत्रीपुर्ण खेलको दोस्रो स्थान हासिल गरेका निजगढ फुटबल क्लबलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका युवा नेता लोकेश सिंहले शिल्ड प्रदान गरे । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार हुने फाइनल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र वीरगन्ज युनाइटेड क्लब वीरगन्ज बीच हुनेछ ।
प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० चैत्र ९,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० चैत्र ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद