Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगंजमा सर्वाधिक धनराशिको वीरगंज गोल्डकप प्रतियोगिताको तयारी पूरा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भेट्रान्स सिटी क्लब, वीरगंजको आयोजनामा कात्तिक १८ गते शनिवारदेखि हुन गइरहेको प्रथम वीरगंज गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रथम वीरगंज गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बिहीवार पत्रकार सम्मेलन गरेर आयोजक क्लबले जानकारी गराएको छ ।
क्लबका महासचिव पङ्कज श्रेष्ठले वीरगंजमा हुन गइरहेको प्रथम वीरगंज गोल्डकप प्रतियोगिता मधेस प्रदेशकै सर्वाधिक धनराशिको प्रतियोगिता भएको र यसको सम्पूर्ण तयारी पूरा भएको दाबी गरे ।

उनले १८ गतेदेखि प्रतियोगिता शुरू हुने र २५ गते सम्पन्न हुने जानकारी गराउँदै प्रतियोगितामा प्रथम हुने टीमलाई ११ लाख ११ हजार एक सय, दोस्रो हुने टीमलाई रु पाँच लाख ५ हजार ५५५, शिल्ड, मेडल, प्रमाणपत्रसहित पुरस्कृत गरिने बताए ।
प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’को पनि व्यवस्था गरिएको र विधागतरूपमा सो उपाधि प्रदान गरिने महासचिव श्रेष्ठले बताए । आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, नवलपरासीको एपिआई, पावर, चर्च, ब्वाइज युनाइटेड र झापाको एएफसी गरी आठवटा टीम सहभागी हुने उनले बताए । उनले प्रतियोगिताको लागि मुख्य प्रँयोजक वीरगंज महानगरपालिकाले रु २५ लाख सहयोग गरेको जानकारी गराएका थिए । उनले प्रतियोगितामा कुल ८० लाख खर्च हुने बताए ।

सहयोगीमा जगदम्बा सिमेन्ट, पर्सा फूटबल सङ्घ, क्रिएटिभ वल्र्ड डिजिटल, आरएस लोजिस्टिक एन्ड सिपिङ र गौतम मावि रहेका छन् ।
प्रतियोगितामा दैनिक पाँच हजार दर्शक खेल हेर्न आउने अनुमान गरिएको छ । टिकटदर भने प्रत्येक खेलको रु एक सय र प्रतियोगिता अवधिभरका लागि रु एक हजार राखिएको महासचिव श्रेष्ठले बताए ।
पत्रकार सम्मेलन क्लबका अध्यक्ष सविन बस्नेतको अध्यक्षतामा भएको थियो भने वरिष्ठ उपाध्यक्ष सागर राणा, सल्लाहकार रोशन गुप्तालगायतको सहभागिता थियो ।
वीरगंजमा लामो समयपछि अन्तर्राष्ट्रियस्तरको फूटबल प्रतियोगिता हुन गइरहेको छ । यसअघि, पञ्चायतकालमा महेन्द्र गोल्डकप, प्रजातन्त्र आएपछिमा शहीद तेजबहादुर अमात्य गोल्डकप, लक्ष्मण थापा गोल्डकपजस्ता प्रतियोगिता भएको थियो भने गणतन्त्र आएपछि वीरगंजमा विशाल गोल्डकप प्रतियोगिता भइरहेको छ । वीरगंजमा नारायणी रङ्गशाला र आदर्शनगर रङ्गशाला भएपनि फूटबल प्रतियोगिता भने नगन्यरूपमा हुने गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद