Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घ , १८ पुस । ९रासस÷सिन्ह्वा० संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँच ओटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महिना अवधिका लागि युद्धविराम गर्ने सम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए ।
कोलम्बिायाका राष्ट्रपतिले नयाँ वर्ष सन् २०२३ को शुभकामना सन्देश दिने क्रममा गत डिसेम्बर ३१ का दिन सम्बोधन गर्दै यहाँका सशस्त्र पाँच विद्रोही समूहसँग कोलम्बिया सरकारले युद्धविराम गरेको जनाउनुभएको थियो ।

उहाँले सो युद्धविरामको अवस्था यही सन् २०२३ को जनवरीदेखि आगामी जुन ३० तारिखसम्म कायम रहने पनि बताउनुभएको थियो । कोलम्बियामा युद्धविरामसँगै विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँ शान्ति स्थापनाको आशा यहाँका नागरिकमा बढेको संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले बताउनुभएको छ ।

यही युद्धविरामको अवधिमा यहाँका सबै सशस्त्र समूहहरुसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने र यसका माध्यमबाट देशमा शान्ति स्थापना गर्ने विषयमा सबै पक्ष लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

यो युद्धविरामको सही सदुपयोग गरेर कोलम्बियामा शान्ति स्थापनाको काममा लाग्न पनि महासचिव गुटरेसले कोलम्बियाका सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ । उहाँका प्रवक्ता डुजारिकले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा कोलम्बियामा शान्ति स्थापनाका लागि आवश्यक सबै सहयोग गर्न संयुक्त राष्ट्रसंघ सदैव तत्पर रहेको पनि जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ पुष १८,सोमबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ पुष १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद