Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामावाद, १४ मङ्सिर । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा दश जना आतङ्ककारी मारिएका छन् । प्रान्तको होसब क्षेत्रमा गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा मङ्गलबार ती आतङ्ककारी मारिएका राष्ट्रिय सेनाले जनाएको छ ।

होसब क्षेत्रका विभिन्न स्थानमा आतङ्ककारी रहेका सूचना पाएपछि सैनिक कारबाही थालिएको तथा त्यस क्रममा दोहोरो भिडन्त भएको जनाउँदै सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स ९आइएसपीआर०ले बताएको छ । एक जनालाई जीवितै पक्राउ गरिएको तथा दुई जना भागेका बताउँदै आइएसपीआरले उनीहरूको खोजी जारी रहेको जनाएको छ । आतङ्ककारी लुकेका स्थानबाट सुरक्षा फौजले ठूलो मात्रामा हातहतियार र गोलाबारुद बरामद गरेको छ ।

आइएसपीआरका अनुसार मारिएका आतङ्ककारीले सुरक्षा बलका सदस्यका साथै सर्वसाधारणलाई समेत निशाना बनाएर आक्रमण गर्दै आएका, विद्युतीय धराप थाप्ने तथा दूर नियन्त्रित विस्फोटक उपकरण पड्काएर निहत्था जनताको ज्यान लिनेलगायत आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएका थिए । पाकिस्तानी सेनाले बलुचिस्तानको शान्ति, स्थायित्व र विकासमा अवरोध सृजना गर्ने प्रयासलाई विफल पार्न सुरक्षा बल प्रतिबद्ध रहेको बताएको छ । (रासस÷सिन्ह्वा)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद