Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

गौर हत्याकाण्ड सम्झौताप्रति जसपाको आपत्ति

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन २६ गते । जनता समाजवादी पार्टी ९जसपा नेपाल सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।

जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टी र निर्दोष नागरिकहरुलाई फसाउने गरी सो सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी र एक सय ३० जनाभन्दा बढी नागरिकलाई फसाउने गरी गरिएको सो सम्झौताप्रति खेद व्यक्त गरिएको पार्टीका प्रवक्ता मनीषकुमार सुमनले बताउनुभयो ।

उहाँले सो सम्झौताको विषयमा सरकारले पुनर्विचार नगरे सरकारबाट बाहिरिन सक्ने चेतावनीसमेत दिनुभयो ।

प्रवक्ता सुमनले भन्नुभयो, “जनता समाजवादी पार्टी यस्ता झुटा मुद्दाबाट डराएको पनि छैन । तर यो मुद्दाको उठान जसरी गरिएको छ । अचानक २३ गते एउटा सम्झौता गरेर जसरी हामीलाई फसाउने अथवा जनता समाजवादी पार्टीका नेता मात्र होइन कि त्यहाँ १३० जनाभन्दा बढी नाम छन् । उनीहरुलाई फसाउने जुन दुष्प्रयास गरिँदैछ । त्यो प्रति हामीले खेद प्रकट गरेका छौं ।”

उहाँले गौर काण्ड सम्बन्धमा बदनियतपूर्वक व्यवहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय मानव अधिकार अधिकार, संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालय, खिलराज रेग्मी नेतृत्वको यी सबै समितिको प्रतिवेदनलाई गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गर्दैछ भन्ने हाम्रो ठम्याइ छ । हामी सरकारमा छौं । गठबन्धनमा छौं । समाजवादी मोर्चामा छौं । नभएका होइनौं तर सरकारमा रहने, नरहने कुराहरु अब सरकार पक्षको व्यवहारबाट क्लियर हुन्छ । अहिलेसम्म हामी समाजवादी मोर्चाको एउटा प्रमुख घटक हौं । सरकारको एउटा पक्ष हौं ।’’

जसपाले सो हत्याकाण्डमा तत्कालीन माओवादी केन्द्र र त्यसका नेता प्रभु साह मुख्य दोषी रहेको आरोप लगाउँदै आएको छ । प्रवक्ता सुमनले राष्ट्रिय मानव अधिकार आयोगलगायतका सरकार आफैँले गठन गरेको विभिन्न आयोगहरुले पनि सो हत्याकाण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको पुष्टि भए पनि सरकारले आफ्नो पार्टीप्रति प्रतिशोध राखेर गौर हत्याकाण्डका पीडितसँग साउन २३ गते सम्झौता गरेको आरोप लगाउनुभयो । जसपाले सो हत्याकाण्डको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न पनि सरकारलाई दबाब दिएको छ ।सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० श्रावण २६,शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० श्रावण २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद