Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १८,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १८ बैशाख  । वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारले निरन्तरता पाउने भएको छ ।

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरि सबै तयारी गरिएको हो ।

नयाँ वर्षको अवसरमा गएको चैत ३० र बैशाख १, २ गते लगाइएको रात्रि बजार अबदेखि भने हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लगाइने भएको हो । जस अनुरुप बैशाखको २९ र ३० गते रात्रि बजार लागाइने तयारी गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा आइतबार सांझ बसेको रात्रि बजार ब्यवस्थापन समितिको बैठकले रात्रि बजारलाई अझै विस्तार गर्दै लैजाने निर्णय गरेको हो ।

यस पटक रात्रि बजार माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म बिस्तार गरेर लगाउने निर्णय बैठकले गरेको छ ।

बैठकमा नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जको व्यापार ब्यवसाय अबेरसम्म संचालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तर रुपमा अघि बढाउने प्रयास गरिएको बताउनुभयो ।

महानगरले यहाँको बजार चलायमान बनाउन पहल गरिदिएको भन्दै महानगरप्रमुख सिंहले रात्रि बजारलाई निरन्तरता दिन अब उद्योगी व्यवसायी नै अग्रसर भएर आउनु पर्नेमा जोड दिनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघले बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्दै उहाँले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि बताउनुभयो ।

उहाँले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकोले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

बैठकमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले रात्रि बजार संचालनका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताउनुभयो ।

बैठकले अहिले सटरमा संचालन गरिरहेको व्यवसायलाई अबेर रातिसम्म संचालन गराउन आग्रह गर्ने निर्णय गर्नुका साथै रात्रि बजारका दिन आवश्यक स्टलहरुको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा एन.वाई.इ.एफका आंशु कुमार सर्राफले रात्रि बजार संचालनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उद्यमका नयाँ नयाँ आयाम पस्केर फरकपन दिँदा बजारले रौनक पाउने बताए ।

बैठकले रात्रि बजार व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघलाई पनि समेटेको छ ।

नयाँ वर्षमा पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि भने सडक पेटीमै स्टल राखेर बजार संचालन गराइने बैठकले निर्णय पनि गरेको छ ।

माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म लाग्ने रात्रीबजारमा थरिथरिका स्टलहरु राखिने छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

बैठकमा ग्रिनसिटी सामुदायिकका सञ्जय अग्रवाल, एन.वाई.ई.एफका विकाश ठाकुर, अनुप अग्रवाल, सुरेश कुमार रुंगटा, छवि सर्राफ, अफसाना खान, सपना अग्रवाल, सुनिल कुमार कादमियाँ लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० बैशाख १८,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० बैशाख १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद