वीरगञ्ज । वीरगंज महानगरपालिका वार्ड नं १ मा ७ दिने व्यवसायिक साबुन बनाउने तालिम सम्पन्न भएको छ।
गरिबी निवारण का लागि लघु उधम कार्यक्रम अन्तर्गत नेपाल सरकार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय को आर्थिक तथा प्राविधिक सहयोगमा र वीरगंज महानगरपालिका को आयोजनामा भएको ७ दिने व्यवसायिक सावुन बनाउने तालिममा २६ जनाको सहभागिता रहेको थियो।
७ दिने व्यवसायिक सावुन बनाउने तालिम लाइ समापन गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले भने सिकेको सिपलाइ व्यवसायिक सिपमा परिणत गरि आत्मनिर्भर बन्न सजिलो पुग्ने र जिविकोपार्जन गर्न सजिलो हुने बताए।
साथै प्रमुख अतिथि उप प्रमुख आलमले तालिममा सहभागी २६ जनालाइ प्रमाण पत्र समेत बितरण गरेका थिए। ७ दिने व्यवसायिक सावुन बनाउने तालिम समापन कार्यक्रम वीरगंज महानगरपालिका वडा नं १ का दलित वडा सदस्य राधिका देवी को अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथियतामा भएको कार्यक्रममा अतिथि आन्तरिक बिकास महाशाखाका प्रमुख प्रतिज्ञा वैध,वडा सदस्य रम्भावती देवी,वी.म.न.पा का कर्मचारी, कर अधिकृत बिपना बखेरेल,आशिश कुमार यादव,उधम विकास सहजकर्ता गुजिला भण्डारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।