वीरगञ्ज । वीरगञ्जमा ४५ दिने ब्युटिसियन तालिम सुरु भएको छ । लक्षित वर्गका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभिप्रायले वीरगञ्ज महानगरपालिकाको सहयोगमा निशुल्क ब्युटिसियन तालिम सुरु भएको हो ।
समाजसेवी अन्नपुर्णा मानन्धरले बुधवार एक कार्यक्रमका बिच तालिमको उद्घाटन गरेकी हुन् । तालिमको उद्घाटन गर्दै उनले लक्षित महिला तथा बिपन्न वर्गका महिलाहरुको उत्थानका निमित यस्ता तालिम सहयोगी हुने बताइन् । आउने दिनमा अझ प्रभावकारी तथा गुण्स्तर प्रविधि सहितको सीप सिकाएर स्वालम्बी बनाउनुपर्नेमा उनले जोड दिइन् ।
वीरगञ्ज महानगरपालिकाका गैरसरकारी समन्वय शाखाका प्रमुख राजीव गिरीले सहभागीहरुलाइ सीप सिकेर पार्लर ब्यबसाय तथा रोजगारमा लाग्न सुझाव दिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानुले वडा तथा महानगरको सहयोगबाट सञ्चालीत तालिमबाट लाभ लिन आग्रह गरे ।
सहभागीहरुलाई अरुणा मानन्धर, रेखा श्रेष्ठ र रबिता यादवले प्रशिक्षण दिनेछन् । कार्यक्रममा कार्यपालिका सदस्य राधा कार्की, वडा सद्स्य संजय जोशी, वडा सचिव श्रीराम प्रसाद सिंह, प्रेरणा श्रेष्ठ, रमितामाया गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
महिला तथा बालबालिका विकास संस्थाकी संयोजक प्रशिक्षक अरुणा मानन्धरको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । तालिममा ३५ जना महिलाहरु सहभागी छन् ।