Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

४५ दिने निशुल्क ब्युटिसियन तालिम सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २९,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा ४५ दिने ब्युटिसियन तालिम सुरु भएको छ । लक्षित वर्गका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभिप्रायले वीरगञ्ज महानगरपालिकाको सहयोगमा निशुल्क ब्युटिसियन तालिम सुरु भएको हो ।

समाजसेवी अन्नपुर्णा मानन्धरले बुधवार एक कार्यक्रमका बिच तालिमको उद्घाटन गरेकी हुन् । तालिमको उद्घाटन गर्दै उनले लक्षित महिला तथा बिपन्न वर्गका महिलाहरुको उत्थानका निमित यस्ता तालिम सहयोगी हुने बताइन् । आउने दिनमा अझ प्रभावकारी तथा गुण्स्तर प्रविधि सहितको सीप सिकाएर स्वालम्बी बनाउनुपर्नेमा उनले जोड दिइन् ।

वीरगञ्ज महानगरपालिकाका गैरसरकारी समन्वय शाखाका प्रमुख राजीव गिरीले सहभागीहरुलाइ सीप सिकेर पार्लर ब्यबसाय तथा रोजगारमा लाग्न सुझाव दिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानुले वडा तथा महानगरको सहयोगबाट सञ्चालीत तालिमबाट लाभ लिन आग्रह गरे ।

सहभागीहरुलाई अरुणा मानन्धर, रेखा श्रेष्ठ र रबिता यादवले प्रशिक्षण दिनेछन् । कार्यक्रममा कार्यपालिका सदस्य राधा कार्की, वडा सद्स्य संजय जोशी, वडा सचिव श्रीराम प्रसाद सिंह, प्रेरणा श्रेष्ठ, रमितामाया गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

महिला तथा बालबालिका विकास संस्थाकी संयोजक प्रशिक्षक अरुणा मानन्धरको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । तालिममा ३५ जना महिलाहरु सहभागी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ चैत्र २९,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ चैत्र २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद