Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरुको भुमिका तथा सम्मान कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २०,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२०चैत । ठोरी गाउँपालिका र होटल तथा पर्यटन ब्यवसायी संघ बिरगंजको आयोजनामा ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरुको भुमिका तथा सम्मान कार्यक्रम आज ठोरी २ को जंगल रिसोर्टमा सम्पन्न भएको छ ।

मधेश प्रदेश सरकारकी उद्योग, पर्यटन तथा बन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम होटेल तथा पर्यटन ब्यवसायी संघ बिरगंजका अध्यक्ष हरी पन्तको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै यसभन्दा अघिको मधेस प्रदेश सरकारले ठोरीलाई झुक्याएको बताउनु भयो । पुर्व मुख्य मन्त्री लालबाबु राउतले यहि जंगल रिसोर्टको स्टेजबाट ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै १० करोड दिने घोषणा गरेको र आफू निर्वाचित भएपछि मुख्यमन्त्री संग भेट गर्न जांदा “तपाईं हरु जानुहोस, बजेटमा हामी ल्याउछौं ” भनेर झुट बोलेको बताउनु भयो । ठोरी क्षेत्रबाट प्रदेश र संघीय सांसदहरु जुनसुकै पार्टीबाट निर्वाचित भएर गएपनी ठोरीलाई बेवास्ता गर्दै ओझेलमा पारेको बताउदै अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रमुख अतिथि मन्त्री यादवसंग भने ठोरीको बिकासका लागि केही आश राखेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठको प्रश्नको जवाफ दिदै मन्त्री यादवले आफुले गर्न नसक्ने कामको घोषणामात्र नगर्ने उद्घोष गर्दै अबको सरकार र उद्योग तथा पर्यटन मन्त्रालयले ठोरीलाई विशेष प्राथमिकतामा राख्ने बताउनु भयो । आफू मन्त्री बनेको डेढ महिना मात्र भएको बताउदै मन्त्री यादवले अब जनकपुर गएर बिज्ञ हरुसंग परामर्श गरि ठोरीको लागि योजना बनाउने बताउनु भयो ।

होटेल तथा पर्यटन ब्यवसायी संघका केन्द्रिय सदस्यहरु हिरा श्रेष्ठ, सन्दिप बस्नेत, माधव बस्नेत लगायतको पहल भएको कार्यक्रमले ठोरीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा कार्यक्रमका सहभागीहरुले गरेका थिए ।

कार्यक्रममा ठोरी गाउँपालिकाले पर्यटन मन्त्री यादव, बिरगंजका होटल ब्यवसायीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई ठोरीका पर्यटकीय स्थलहरु समेटिएको ब्यानर चिनो स्वरुप प्रदान गर्दै आआफ्नो होटेल तथा संघसंस्थामा सो ब्यानर राखेर ठोरीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न अनुरोध गरेको थियो । साथै कार्यक्रममा नवनिर्वाचित उद्योग बाणिज्य संघ बिरगंजका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा गापा उपाध्यक्ष गोकुली रेग्मी, प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, वडा नं. २ र ४ का वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, उद्योग बाणिज्य संघ बिरगंजका अध्यक्ष अनिल अग्रवाल तथा सम्पुर्ण पदाधिकारी, एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन ब्यवसायी संघका केन्द्रिय सदस्यहरू तथा बिरगंजका पदाधिकारीहरु, नेपाल टेलिभिजन, एभिन्युज, राजधानी दैनिक, प्रतीक दैनिक, यात्रा डेली, नयाँ पत्रीका लगायतका मिडियाकर्मीहरु तथा ठोरीका स्थानीयबासीको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद