Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

अतिक्रमण हटाउन वीरगञ्जका मेयर आफैं पुगे, सिर्सिया पुल नजिक अढाइ कट्ठा जग्गाको अतिक्रमण हटाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १४ चैत । वीरगञ्ज महानगरपालिकाले मंगलबार २ कट्ठा १० धुर  अतिक्रमित जग्गा आफ्नो अधिनमा ल्याएको छ ।

महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिक रहेको अतिक्रमित २ कट्ठा १० धुर जग्गा आफ्नो अधिनमा ल्याएको  हो ।

केही व्यक्तिले वर्षौंदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सा सहित पुगेको महानगरको टोलीले नापी गरेर सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याएको हो ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोलीले अहिले अभियान नै चलाएको छ ।

मंगलबार अतिक्रमण हटाउन महानगर प्रमुख राजेशमान सिंह आफै पुग्नु भएको थियो ।

महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नु भयो ।

आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको पनि बताउनु भयो ।

महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ विघा जग्गा अतिक्रमण मुक्त गराएको थियो ।

हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद