वीरगञ्ज ,१० चैत । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा धोबिनी गाउँपालिकाको कार्यालयको सभा हलमा जिल्ला प्रहरी कार्यालय पर्साद्धारा आयोजित तथा ईलाका प्रहरी कार्यालय पोखरिया पर्साको सहकार्यमा सुरक्षा निकाय र स्थानिय तह बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्र.जि.अ. हिरालाल रेग्मी तथा प्रमुख आथित्यामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल शाह र सशस्त्र प्रहरी बल पर्साका प्रमुखको आथित्यामा कार्यक्रम शुभारम्भ भएको थियोे ।
उक्त कार्यक्रममा धोबिनी गाउँपालिकाको पालिका प्रमुख, उप-प्रमुख, ईलाका प्रहरी कार्यालय पोखरिया पर्साको प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसि , वडा प्रतिनिधिहरु, वडा सदस्यहरु लगायत स्थानीय सर्वसाधारण व्यक्तिहरु तथा बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।