वीरगन्ज । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा तयारी अवस्थामा रहेको अवैद्य घरेलु मदिराको साथै मदिरा भठ्ठि नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरीयाले पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं ३ पकाहा र बिन्दबासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टीमा लुकाई छिपाई उत्पादन गरी रहेको घरेलु मदिराको भठ्ठी एवं भठ्ठीमा प्रयोग गरिने भाडाकुडा, उत्पादित १००० लिटर घरेलु मदिरा र ७००० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले बताए ।
प्रहरीले गोप्य सूचनाको आधारमा भट्टिबाट बरामद तयारी मदिरा , कच्चा पदार्थ र ड्रम लगायतका सामानहरु समेत बरामद गरी स्थानीयवासी र पत्रकारको रोहबरमा नष्ट गरेको ईलाका प्रहरी कार्यालय पोखरीका प्रहरी निरीक्षक केसीले बताए । साभार : Jyoti dainik