Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा सौराहामा ३ दिने तालिम आजदेखि सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०२ चैत । चितवनको सौराहामा आम संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजना र वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा तीन दिने तालिम सुरु भएको हो ।

तीन दिने तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका पुर्व मध्यमान्चल संयोजक एवं वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार महेश दासले गरेका छन ।

तालिमको उद्घाटन गर्दै दासले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ईतिहासमा पहिलो पटक जिल्ला बाहिर तालिमको व्यवस्था गरीएकाले यसलाई अवसरको रुपमा लिन सुझाव दिएका छन ।

साथै उनले तिन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य महेश चन्द्र गौतम , प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी , उपाध्यक्ष कविता खड्का , सदस्य कृष्णा कुशवाहा , नितेश कर्ण , प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल , प्रेस युनियन नेपाल मधेश प्रदेश सदस्य क्रान्ति साह , प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल , अनिल साह ,राम मण्डल , अशोक श्रीवास्तव , समाजवादी प्रेस संगठन नेपाल पर्सा अध्यक्ष मनोज पटेल , उपाध्यक्ष शम्भु कुमार सुमन , कोषाध्यक्ष हरिशंकर शर्मा ,सचिव अजय चौरसिया , सह सचिव विनोद पटेल सहितका पत्रकारहरु सहभागी भएका छन ।

शुक्रबारको तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा.महेन्द्र बिष्टले प्रशिक्षण दिने छन । तिन दिने तालिममा नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष युवराज खड्का , शुष्मा शर्मा , कोषाध्यक्ष संजिव कुमार मिश्रा , सदस्य श्याम कुशवाहा , तिवारी यादव लगायत पर्साका करिब ३५ जना पत्रकारहरु सहभागी भएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद