Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज मेनरोडको अतिक्रम हटाउन स्थानीयको माग, सोमबार सर्वोच्चमा सुनवाइ 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१३ फागुन । बीरगन्जको स्थानीय वासीन्दाहरुले बीरगन्जको मुख्य सडकको अतिक्रम हटाउनु पर्ने माग गरेका छन् । पथलैया देखि गण्डक सम्मको २५/ २५ मिटरको अतिक्रम हटीसके पनि गण्डक देखि मितेरी पुल सम्मको अतिक्रम सर्वोच्च अदालतको निषेधाज्ञा को कारण हटन सकेको छैन । ‘ ३ वर्षमा १६ पटक पेसी चढीसक्दा पनि ‘ हेर्न नभ्याइने ‘ भन्दै सर्दै आएको छ । १७ औ पटक सोमबार फेरि पेसी छ हेरौ सर्वोच्च अदालतले कुनै आदेश गर्छ या फेरि हेर्न नभ्याउने भन्दै टर्छ ‘ बीरगन्जका राजु कुमार साह बताउन्छन।

त्रिभुवन राजपथमा पर्ने बीरगन्जको मितेरी पुलदेखि गण्डक चौकसम्म मुख्य सडकको मुख्य विन्दुबाट दायाँबायाँ २५/२५ मिटर अतिक्रमित घर टहरा हटाउन सडक डिभिजनको निर्णयविरुद्ध परेका रिट को सोमबार सर्वोच्च अदालतमा पेसी छ । पटक पटक गरि १६ पटक सम्म स्थगित हुन्दै आएको पेसी १७ पटक सोमबार सुनवाइ हुन्दैछ । यसपटक को पेसी को क्रम संख्या ६ नम्बर रहेको छ ।

लक्ष्मण साह रौनियारसमेत त्रिभुवन राजपथ विस्तारको काम रोक्न २०७६ असोज ७ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट निवेदन दिएका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं, सडक डिभिजन हेटौंडा, व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, मालपोत कार्यालय पर्सासमेत मुद्दा दायर गरिएको छ ।

यसै मुद्दाको लगाउमा २०७६ पुस २१ गते राजकुमारी देवी तुल्स्यान, २०७७ माघ २७ गते भरतप्रसाद रौनियारसमेत, २०७६ कात्तिक १७ गते वीरेन्द्रकुमार संघई, २०७५ मंसिर ११ मा विक्रम गुरुङले दर्ता गरेको उत्प्रेषण मुद्दासमेत रहेको छ । कारण देखाउ आदेश जारी गरिएको यो मुद्दाको २०७६ असोज ८ गते पहिलो पेसी थियो भने आउँदो फागुन १५ गते १७ औं पेसी रहेको छ । २०७९ भदौ २० मा १६ औं पेसी परेको थियो । प्रत्येक पेसीमा हेर्न नभ्याइएको भन्दै अर्को पेसी तोकिने गरेको छ । २०७६ माघ २१ को पेसी पछि एकैपटक एक वर्ष पछि २०७७ फागुन १७ गते पेसी , त्यय पछि २०७८ मा ३ पटक र २०७९ मा भदौ पछि फागुन १५ गते सोमबार पेसी तारेख परेका छ ।

जब जब अदालतमा परेको पेसीको म्याद नजिकिन्छ तब तब वीरगन्जमा सडक विस्तारको यो विषयको चर्चा चुलिन्छ । अब महानगरवासीको नजर फागुन १५ गते सर्वोच्च अदालतमा परेको यो मुद्दाको पेसीमा छ । आफ्नो सहरको स्वरूप परिवर्तन गरिने र मुख्य सडकको कायापलट नै हुने भएकाले अधिकांश महानगरवासी यो विषयलाई चाख लिएर हेरिरहेका छन् ।

वीरगन्ज आदर्शनगर निवासी जयप्रकाश लोहिया लामो समयदेखि वीरगन्जको सुन्दरता र भविष्यसँग जोडिएको यो समस्याले अब निकास पाउनुपर्ने बताउँछन् । ‘धेरै लामो समय हामीले बाधा अवरोध र कानुनी झमेलाका कारण खर्च गरी सक्यौं,’ उनले भने, ‘वीरगन्ज महानगरको भविष्य र प्रतिष्ठा जोडिएको यो विषयलाई अब कुनै पनि बहानामा बाधा अड्काउ गरिराख्नुभन्दा निकास दिनु उचित हुन्छ ।’

व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज पथलैया कार्यालयका सूचना अधिकृत इन्जिनियर सञ्जीव गुप्ता अदालतबाट क्लिन चिट पाइए राजमार्गको दुवैतर्फ २५/२५ मिटर विस्तारको कामलाई गति दिन कुनै समस्या नरहेको बताउँछन् । वीरगन्ज महागनरपालिकाका मेयर राजेशमान सिंह नेपाल सरकारको मापदण्डअनुसार राजमार्गको दायाँबायाँ सडक विस्तार भएमा त्यसमा आफ्नो बाधाविरोध नरहने बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद