Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा मस्त बनारसी पान पसल सञ्चालनमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०८ फागुन । वीरगञ्जमा मस्त बनारसी पान पसल सञ्चालनमा आएको छ । वीरगञ्जको रानीघाटमा विगत साढे ४ दशकभन्दा लामो समयदेखि स्वर्गीय शम्भु प्रसाद रौनियारले सञ्चालन गर्दै आएको पान पसललाई नै छोरा जय र बिजयले परिस्कृत ढंगले सञ्चालन गरेका हुन् ।

गीता मन्दिर रोडमा घडिअर्वा पोखरीको अगाडी सञ्चालनमा आएको मस्त बनारसी पान पसलको सोमवार उद्घाटन गरिएको छ । जय र बिजय दाजुभाईले सञ्चालनमा ल्याएको पसलको उनकी आमा मुन्नी देवी रौनियारले रिबन काटेर उद्घाटन गरेकी हुन् ।

शतप्रतिशत धुम्रपानरहित पान पाइने उक्त पसल भारतमा प्रख्यात मस्त मनारसी पान पसलको फ्रान्चाइज हो । भारतको दिल्लीसहित भारतभरी २ सय भन्दा बढी र नेपालको काठमाण्डौमासमेत शाखा रहेको पान पसल वीरगञ्जमा पनि खुलेको हो ।

१० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको पान पसलमा विभिन्न किसिमका २ सय भन्दा बढी स्वादका पानहरु उपलब्ध हुने मस्त बनारसी पानका प्रबन्ध निर्देशक बिजय रौनियार बताउँछन् । उनका अनुसार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ५ हजार १ सय रुपैयाँसम्मका पानहरु पसलमा पाइन्छन् । बिजय पेशाले सफ्टवेयर इन्जिनियर हुन् ।

भारतको राजधानी दिल्लीको नोइडास्थित कोर भ्यालु कम्पनीमा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत बिजयले बुबाले नै सञ्चालन गर्दै आएको व्यवसायलाई परिवर्तीत र परिस्कृत ढंगले सञ्चालन गर्ने योजना बनाएका थिए ।

दाई जय रौनियारसँगको समन्वय र सहकार्यमा पूरानै पेशालाई नयाँ ढंगले सञ्चालन गर्न थालेको बिजयले बताए । विवाह, वर्तबन्ध लगायतका विभिन्न किसिमका कार्यहरुमा पनि पान उपलब्ध गराउन सकिने मस्त बनारसी पानका सञ्चालक जय रौनियारले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद