बीरगंजमै पहिलो पटक अन्तर्राष्टिूय स्तरको फिटनेश सेन्टर आजबाट संचालनमा आएको छ । महिला उद्यमी अंकिता रुगटाले करिब १ करोडको लागतमा वीरगंज महानगरपालिका वडा नम्बर ७ स्थित लोहारपट्टि रोडमा नवनिर्मित आरवि कम्प्लेक्सको चौथो तल्लामा रहेको फिटनेश सेन्टरको आज आयोजित एक कार्यक्रमका विच वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ताले उद्घाटन गर्नु भयो । फिटलाईन फैक्टूी नामक फिटनेश सेन्टरमा योगा, डान्सिङ्ग, जिम, म्युजिक लगायत विभिन्न प्रविधिद्वारा शरीर तन्दरुस्त तथा स्वस्थ्य राख्न ब्यायम गराईने संचालक अंकिता रुंगटाले जानकारी दिनुभयो ।
विहान ६ बजे देखि ८ बजे सम्म र सन्ध्याकालिन कक्षा गरी दैनिक दुई पटक सर्वसाधारणहरुलाई योगा, ब्यायम तालिम प्राप्त प्रशिक्षकद्वारा सिकाईने रुंगटाले बताउनुभयो । प्रति महिना ३५ सय रुपैया शुल्क तोकिएको फिटनेश सेन्टरमा अहिले छुटको व्यवस्था समेत गरिएको छ । सो सेन्टरमा विहान र बेलुका गरी सय जनालाई प्रशिक्षण दिन सकिने जनाईएको छ । यता बाल बालिकालाई समेत नृत्यको व्यवस्था मिलाईएको संचालक रुंगटाले बताउनु भयो ।
© 2024