Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा २०८ बिरामीले गराए स्वास्थ्य परीक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा —जेष्ठ १- बिरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम पर्साको घडीर्वा पोखरी अवस्थित सम्पन्न भएको छ। स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजित सो शिविरमा विभिन्न रोगका २०८ जना बिरामीहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरको आयोजना नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.इसरत जहाँ अन्सारीको अध्यक्षतामा गरिएको थियो। बिहानको समयमा मर्निङ वक गर्ने नगर क्षेत्रका बासिन्दालाई लक्षित गर्दै आयोजित कार्यक्रममा जनस्वास्थ्यका विविध पक्षमा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

स्वास्थ्य शिविरमा अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सक तथा इन्टन्ल स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कन्सल्टेन्ट डा. इमरान अली.डा उदित यादव, डा. मो. राशिद कलाम (पिजी), डा. विवेक भारतीले बिरामीहरूको जाँच तथा परामर्श गरेका थिए। साथै, नर्सिङ्ग सेवा प्रदान गर्न बबिता श्रेष्ठ, प्रजिता फूयाल, समिक्षा रिताल र सांतिका कू. सिंहको टोली खटिएको थियो।

कार्यक्रममा मेट्रोन विकास गुप्ता तथा प्रेस प्रतिनिधि आसिक अन्सारीको पनि उपस्थिति रहेको थियो। शिविरमा अधिकांश बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह, पेट सम्बन्धी समस्या, श्वासप्रश्वासका समस्या र सामान्य संक्रमणजस्ता स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले जनाएका छन्।

शिविरमा आएका बिरामीहरूले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त भएको भन्दै आयोजकप्रति आभार प्रकट गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमले गाउँघरमा स्वास्थ्य चेतना फैलाउन र उपचारको पहुँच सहज बनाउन सघाउ पुग्ने बताएका छन्।

स्वास्थ्य सेवा जनताको घरदैलोमै पु-याउने उद्देश्यले आयोजना गरिएको शिविरलाई प्रभावकारी बनाउँदै आगामी दिनमा अन्य ठाउँमा पनि यस्ता कार्यक्रम विस्तार गरिने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिहरूले बताएका छन्।

यस्ता शिविरहरूले ग्रामीण भेगका जनतामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नका साथै प्राथमिक उपचारका माध्यमबाट गम्भीर रोगहरू पहिचान गर्ने अवसर प्रदान गर्ने भएकाले निरन्तरता आवश्यक रहेको सहभागीहरूको धारणा छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ जेष्ठ १,बिहीबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ जेष्ठ १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद