Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा एयरगनबाट गोली प्रहार गरेर बालकलाई घाइते बनाएका तिवारी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १,शुक्रबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरञ्चीबर्वामा गत जेठ २३ गते आँप टिप्न आएका बालकलाई एयर गनले गोली प्रहार गरि घाइते बनाएर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिरञ्चीबर्वाकै बलिराम तिवारी (दिपु) रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी पोखरियाको टोलीलाई पक्राउ गरेको हो ।

गत जेठ २१ गते घर नजिकैको रुखबाट आँप टिपेको निहुँमा तिवारीले एयर गनबाट गोली प्रहार गर्दा स्थानीय ९ वर्षिय बालक श्यामसुन्दर महत्तो घाइते भएका थिए । घटना लगत्तै फरार भएका तिवारीलाई शुक्रबार बिहान उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

तिवारीलाई शुक्रबार पक्राउ गर्ने क्रममा उनको घरमा खानतलाजी गर्दा एउटा पूरानो भरुवा बन्दुक समेत फेला परेको गिरीले जानकारी दिए । बरामद पूरानो भरुवा बन्दुक इजाजत प्राप्त हो की होईन भन्ने बारेमा अनुसन्धान भईरहेको उनले बताए । बालकलाई प्रहार गरेको एयर गर्न भने फेला पार्न नसकेको गिरीले बताए । यस बारेमापनि अनुसन्धान भईरहको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम शाहीले जानकारी दिए ।

पक्राउ परेका तिवारीलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको शाहीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० असार १,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० असार १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद