Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सर्वाेच्च अदालतमा वीरगञ्जको मेनराेड विस्तार मुद्दाको अर्काे पेशी असाेज २२ गते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,३१ जेठ । सर्वोच्च अदालतमा बुधबार हेर्न नभ्याइनेमा राखिएको वीरगञ्जको मुख्य सडक (मेनराेड) विस्तारको मुद्दामाको अर्को पेशी आगामी असोज २२ गतेका लागि तोकिएको छ ।

त्रिभूवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक हुँदै मितेरीपुलसम्मको सडक दाँयाबाँया २५/२५ मिटर फराकिलो गर्ने मुद्दाको आज बुधबार राखिएको पेशी हेर्न नभ्याईएपछि अर्को पेशीको मिति असोज २२ गते तोकिएको हो।

मुद्दा सर्वोच्च अदालतका न्यायधिशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दा क्रम सङ्ख्या ६, ७ र १७ नम्बरमा परेको थियो । तर, अहिले उक्त पेशी हेर्न नभ्याइनेमा राखिएको छ । बुधबार दिउँसो खाजापछि पेशी हेर्ने भनिएपनि खाजापछि अन्य मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो ।

लगभग साढे तीन वर्षअघि वीरगन्जको मेनरोड अतिक्रमण सडक विभागले हटाउने सूचना जारी गरेपछि मेनरोडवासीहरूले सोविरुद्ध सङ्घर्ष समिति बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सडक विभागले विगत ३० वर्षदेखि वीरगञ्ज मेनरोडको अतिक्रमण हटाउने भनेर सूचना जारी गर्दा पनि अतिक्रमण हटाउन सकेको छैन ।

पछिल्लो समयमा अन्तिमपटक सूचना भनेर ३५ दिने सूचना जारी गरेको सडक विभागविरुद्ध मेनरोडका बासिन्दाहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अहिलेसम्म मुद्दाको पेशी हुन सकेको छैन। कैयौंपटक पेशी सूचीमा चढे पनि समय अभाव भन्दै पेसी सर्दै आएको छ ।

बुधबारको पेशी नभ्याइने भएपछि अर्को पेशीको मित चार महिना पछि राखिएको हो । योसमेत गरी पछिल्लो तीन वर्षमा १८ चोटि पेशी सरिसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद