Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भोलेन्टियर समूह वीरगञ्जद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३० पोका रगत सङ्कलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोलेन्टियर समूहको आयोजनामा ३० पोका रक्त संकलन

वीरगञ्ज, २९ जेठ । भोलेन्टियर समूह वीरगञ्जद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३० पोका रगत सङ्कलन भएको छ ।

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा केही समूहका रगतको आभाव सृजना भएपछि भोलेन्टियर समूहले सोमबार आयोजना गरेको आकस्मिक रक्दान कार्यक्रममा ३० पोका रगत सङ्कलन भएको हो । कार्यक्रममा ६ महिलासहित ३० जनाले गरेको रक्तदान गरेको समूहका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

यहाँस्थित मधूशाला फेमिली रेस्टुराँमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहले रक्तदान महादान भएको जिकिर गर्दै उमेर र योग्य सबैले रक्तदान गर्नुपर्ने बताए । रक्तसञ्चार केन्द्र वीरगञ्जले पर्सा मात्र नभइ छिमेकी जिल्लासहित भारतसमेतका विरामीलाई रगत उपलब्ध गराइरहेको उल्लेख गर्दै मेयर सिंहले केन्द्रको भण्डारण क्षमता बढाउनु पर्ने बताए । उनले यसका लागि महानगर समन्वय गर्न तयार गरेको बताए ।

आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेकोमा भोलेन्टियर समूहका सदस्यहरुलाई धन्यवाद दिँदै अन्य सङ्घसंस्थाहरुले पनि समूहबाट सिक्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ब्लड डोनर्स एसोसीएसन पर्साका अध्यक्ष एवम् वरिष्ठ सञ्चारकर्मी सत्रुधन नेपाल जेठ ३१ गते विश्व रक्तदाता दिवसको अवसरमा संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउन आग्रह गरे । उनले दिवसको अवसरमा\ २०७९ वैशाखदेखि चैतसम्म सय पिन्टभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था, वर्षमा दुई वा सोभन्दा बढी पटक रक्तदान कार्यक्रम गर्ने सङ्घसंस्था, वर्षमा चारपटक रक्तदान गर्ने व्यक्ति, आकस्मिक रक्तदाता, आकस्मिक दुर्लभ रक्तदाता, रक्तदान कार्यक्रमका सहयोगीहरूलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

समूहका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रदीप चौरसिया, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, ब्लड डोनर्स एसोसीएसनका सचिव अरविन्द सिंह, अभिभावक सङ्घ पर्साका अध्यक्ष सन्दीप साह, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, युवा अभियन्ता रवी यादव, भोलेन्टियर समूहका श्याम सर्राफ, किसु सर्राफ, बिक्की सर्राफ, सौर्या सर्राफ, राधेश्याम गुप्ता, कमलेश कुशवाह, दिनेश कुशवाह, रामविनय गुप्तालगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम सञ्चालन गर्न रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेसहितको टोलीले महत्वपूर्ण भूमिका खलेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद