वीरगञ्ज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला वीरगञ्जमा शनिबार बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क सतुवा पानी खुवाइएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले घण्टाघर चोकमा शनिबार दिउँसो निःशुल्क सातु र चिसो पानी खुवाएको हो ।
गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर शनिबार घण्टाघर चोकमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि करिब ५ सय ५० जनालाई निःशुल्क सातु र चिसो पानी खुवाइएको सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका उपाध्यक्ष प्रवेश सर्राफले बताए ।
चनाको सातु चिसो पानीमा घोलेर त्यसमा कागती , प्याज ,हरियो खुर्सानी र मसला मिसाएर खुवाइएको सर्राफले बताए ।
त्यसअवसरमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिदुर सिवाकोटी , ट्राफिक प्रहरी निरीक्षक मणि थापाका साथै सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारका पदाधिकारी र सदस्यहरुकोपनि उपस्थिती रहेको थियो ।