Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको घण्टाघर चोकमा गर्मीबाट राहत दिन निःशुल्क सातु–पानी वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २७,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला वीरगञ्जमा शनिबार बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क सतुवा पानी खुवाइएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले घण्टाघर चोकमा शनिबार दिउँसो निःशुल्क सातु र चिसो पानी खुवाएको हो ।

गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर शनिबार घण्टाघर चोकमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि करिब ५ सय ५० जनालाई निःशुल्क सातु र चिसो पानी खुवाइएको सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका उपाध्यक्ष प्रवेश सर्राफले बताए ।

चनाको सातु चिसो पानीमा घोलेर त्यसमा कागती , प्याज ,हरियो खुर्सानी र मसला मिसाएर खुवाइएको सर्राफले बताए ।

त्यसअवसरमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिदुर सिवाकोटी , ट्राफिक प्रहरी निरीक्षक मणि थापाका साथै सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारका पदाधिकारी र सदस्यहरुकोपनि उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० जेष्ठ २७,शनिबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० जेष्ठ २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद