Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नारिकताविहिन युवाको सङ्घर्षमा जसपाका सचेतक यादवको ऐक्यबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सर्वोच्चको अल्पकालीन आदेशविरुद्ध सडक आन्दोलनमा उत्रेका नागरिकताविहिन सङ्घर्ष समितिको धर्नामा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले ऐक्यबद्धता जनाएका छन् ।

काठमाडौँस्थित माइतीघर मण्डलामा देशभरबाट पुगेका युवाहरुले सर्वोच्चविरुद्ध सुरु गरेको धर्ना कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) समेत रहेका यादवले ऐक्यबद्धता जनाएका हुन् ।

धर्ना कार्यक्रममा सहभागी हुँदै सांसद् यादवले नेपाली आमाबुवाको सन्तानले नागरिकता पाउनका लागि सडकमा उत्रेर सङ्घर्ष गर्नु दुर्भाग्यपूर्ण भएको बताए । संविधानले दिएको अधिकारमाथि समेत सर्वोच्चले हचुवाको भरमा अल्पकालीन आदेश जारी नगर्नुपर्ने भन्दै उनले छिटोभन्दा छिटो मुद्दाको छिनफानो गरेर नागरिकता वितरण पुन: सुरु गरिनुपर्ने बताए ।

नागरिकताविहिनको पिडा आफूले बुझेको बताउँदै उनले भने, ‘तराई-मधेश मात्र नभएर देशभर लाखौँ युवा आज नागरिकता नभएर समस्यामा परेका छन् । उनीहरुको भविष्य अन्धकार तर्फ धेकेलिँदै छ । लाखौँ युवाले देश, विदेशमा रोजगार पाइरहेका छैनन्, वर्षौं लगाएर सिकेको सिप राष्ट्रनिर्माणमा प्रयोग गर्न सकेका छैनन् । उनीहरुको पिडा मैले बुझेको छु ।’

केही सिमित व्यक्तिहरुले आफ्नो खोक्रो राष्ट्रवाद सिद्ध गर्न नागरिकताको विषयलाई जबरजस्ती विवादित बनाइरहेको यादवले आरोप लगाए । ‘आफ्नो सरकार जोगाउनका लागि नागरिकता विधेयक आध्यादेश मार्फत तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण गर्दा ठिक थियो आज त्यहीँ विधेयक लाइनटूलाइन दुई/दुई पटक सदन मार्फत पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुँदा विरोध गर्नेहरु ढोंगी हुन् । उनीहरु राष्ट्रभक्त होइन, राष्ट्रघाती हुन्,’ पूर्व वन तथा वातावरणमन्त्रि समेत रहेका यादवले भने ।

नागरिकताको समस्यालाई छिट्टै समाधान नगरिए काठमाडौँ मात्र नभएर देशभरका युवाले ठाउँठाउँमा आन्दोलन सुरु गर्ने यादवले चेतावनी पनि दिए । जसपाको पोलिट ब्यूरो सदस्यसमेत रहेका उनले भने, ‘नागरिकताको विषयलाई अझै लम्ब्याइयो भने हामी पनि सडकमा आएर आन्दोलन गर्न बाध्य हुन्छौँ ।

यादवले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेर यसअघिकी राष्ट्रपति भण्डारीबाट भएको त्रुटिलाई सच्याएकोमा प्रशंसा गरे । उनले भने, ‘म राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु ।’

नागरिकताविहिन सङ्घर्ष समितिको आयोजनामा बिहिबारदेखि काठमाडौँको माइतीघर मण्डलमा धर्ना कार्यक्रम सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रामानिकरण गरेको नागरिकता सम्बन्धि विधेयकमाथि सर्वोच्चले अल्पकालीन आदेश जारी गर्दै रोक लगाएपछि उनीहरु आन्दोलित भएका हुन् । एक तथ्याङ्कअनुसार देशभर हाल १२ लाखभन्दा बढी युवाले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद