Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा-बाराका ११ छोटी भन्सारमध्ये २ मात्र सञ्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । माघको चौथो साता बारा सिम्रौनगढका बासिन्दाले लामो समयदेखि बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनको माग गर्दै बजार बन्द गरे । लगत्तै वीरगञ्ज भन्सार कार्यालयबाट नायब सुब्बासहितका कर्मचारी खटाएर छोटी भन्सार सञ्चालन गरियो ।

तर वीरगञ्ज भन्सार कार्यालय मातहतका बारा र पर्साका ११ छोटी भन्सारमध्ये अधिकांश अझै बन्द नै छन् । हाल सिम्रौनगढसँगै बाराकै मटिअर्वा छोटी भन्सार कार्यालयमा कर्मचारी बस्छन् । पर्साको भिष्वा र ठोरी छोटी भन्सार कार्यालयमा नियमित कर्मचारी बस्दैनन्, आफ्नो सुविधा अनुकुल गएर फर्कन्छन् ।

ठोरीका होटल व्यवसायी सुदिप थापाले प्रचुर पर्यटकीय सम्भावना बोकेको स्थान रहेको र दैनिक ठूलो संख्यामा भारतीय पर्यटकहरु ठोरीबाटै आउने गरेको बताउँछन् । तर ती पर्यटक सवारी साधनको इजाजत लिनका लागि ६० किलोमिटर टाढा सदरमुकाम वीरगन्ज नै पुग्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘भारतीय पर्यटक ठोरी भएरै नेपालका अन्य पर्यटकीय गन्तव्यसम्म पुग्न चाहन्छन्, त्यसका लागि उनीहरुलाई आफ्नो भारतीय नम्बर प्लेटको सवारी साधनको इजाजत चाहिन्छ, इजाजत लिन ६० किलोमिटर पर वीरगन्ज नै पुग्नुपर्ने बाध्यता छ, अनि उनीहरु निरास भई पुनः स्वदेश नै फर्केको अवस्था छ’ उनले भने, ‘ठोरीमै छोटी भन्सार कार्यालयबाट इजाजत दिने व्यवस्था मिलाइए भारतीय पर्यटक बढ्ने अवस्था छ ।’

अर्का स्थानीय प्रकाश खनाल ठोरीमा छोटी भन्सार कार्यालयको भव्य भवन रहेपनि त्यसमा भन्सार कर्मचारीहरु नबस्दा ठोरीबाटै दैनिक ठूलो परिमाणमा राजश्व चुहावट भइरहेको बताउँछन् । चितवनसम्मका व्यापारी तथा सर्वसाधारणले सोही नाकाबाट दैनिक भारतीय बजारबाट किनमेल गरेर मालसामान ल्याउँछन् । तर भन्सार कर्मचारी नबस्दा राजश्व तिरेर जान चाहनेले पनि पाउँदैनन् । ‘हामीले लामो समय देखि ठोरी छोटी भन्सार सञ्चालनको माग गर्दै आएका छौं,’ खनाल भन्छन्, ‘तर सरोकारवाला निकायहरु गम्भीर भएका छैनन्, यो नाकाबाट मात्रै देशलाई दैनिक ठूलो राजश्व घाटा भइरहेको छ ।’

वीरगञ्ज भन्सार कार्यालय देशकै सर्वाधिक छोटी भन्सार भएको कार्यालय हो । यस मातहतका ११ वटै छोटी भन्सार कार्यालय माओवादी द्वन्द्वकालमा बन्द गरिएका थिए । कोरोनाको पहिलो र दोस्रो लहरअघि सिर्सिया, मटिअर्वा, सिम्रौनगढ र भिष्वा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेका थिए । कोरोनाकालमा सीमा नाका बन्द भएपछि ती छोटी भन्सार कार्यालय पनि बन्द गरिएका थिए ।

बाँकी रहेका पर्सा र बाराका कवही, कचोर्वा, अलौं, पिपरपाती, जानकीटोला र गाड प्रसौनी भन्सार सञ्चालनमा छैनन् । छोटी भन्सार भएका अधिकांश बजारहरु अहिले ठूला भइसकेका छन् । त्यहाबाट दैनिक भारतीय बजारमा गई किनमेल गरेर फर्किने नेपालीको संख्या बाक्लै हुन्छ । सीमामा भन्सार कार्यालय नै नहुँदा सरकारले दैनिक ठूलो परिमाणमा राजश्व समेत गुमाउँदै गएको स्थानीय व्यापारी बताउँछन् । सीमाका नेपाली बजारका व्यापारीहरुले आफ्नो पसलका लागि पनि भारतीय बजारबाट मालसामान खरिद गरेर ल्याउँछन् । तर सीमामा खटिने सशस्त्र तथा नेपाल प्रहरीले ती सामान खोस्दा उनीहरुलाई मर्का परेको छ । भन्सार कार्यालय नहुँदा उनीहरुले राजश्व तिरेर ल्याउन चाहे पनि पाएका छैनन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल कोरोनाकालपछि सञ्चालन हुन नसकेका छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताउँछन् । ‘हालसम्म बाराका सिम्रौनगढ र मटिअर्वा भन्सार कार्यालय सञ्चालनमा आइसकेका छन्, पर्साका भिष्वा र ठोरी भन्सार कार्यालयमा आवश्यकता अनुसार कर्मचारी खटिएर जान्छन्,’ उनले भने, ‘बाँकी ७ छोटी भन्सार कार्यालय आवश्यकता अनुसार सञ्चालन गर्दै लगिने छ ।’ उनले अधिकांश छोटी भन्सार नाकाबाट खाद्यान्न भित्रिने र ती नाकामा खाद्य क्वारेन्टाइन कार्यालय उपलब्ध नहुँदा समस्या भइरहेको बताए । यस बाहेक कर्मचारीको सुरक्षा व्यवस्था पनि प्रमुख सवाल रहेको उनले बताए । साभार : कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद