Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको सिद्धार्थ माविमा गोपनीय रुपमा व्यवस्थापन समिति गठन भएको भन्दै बिरोध

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १५ पिपरा स्थित श्री सिद्धार्थ माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेश्वर पाण्डे र बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि हरि राउत कुर्मीले बिद्यालयमा मनोपरी गरेको अभिभावकहरुले आरोप लगाएका छन् । स्कुलको जेठ २१ गते नयाँ व्यवस्थापन समिति गठनको लागि अभिभावक भेला वोलाइएकोमा भेलामा बिवाद भएपछि २३ गते छलफल गरी निर्णय गर्ने सहमती बनेको थियो ।

तर २३ गते बिवान ८ बजे अभिभावकहरु एक समुह स्कुल पुग्दा व्यवस्थापन समिति गठन भएसकेको जानकारी पाएपछि अभिभावकहरु आचर्यमा परेका छन् । स्कुलका प्रअ पाण्डे,वडाअध्यक्ष महबुब एलाही र बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि कुर्मीको एकल मिलोमतोमा अभिभावकलाई जानकारी नै नदिई २२ गते राती गुपचुप तरिकाले २१ गतेकै मितिमा माइनेटिङ्ग किर्ते गरी चार जना सदस्यहरुको नाम थप गरी बिरेन्द्र सघाईको अध्यक्षतामा व्यवस्थापन समितिलाई पुर्णता दिइएको अभिभावहरुको भनाई छ ।

२१ गते भएको अभिभावक भेलामा सघाई बाहेक सबै सदस्यहरुको नाममा बिवाद सृजना भएपछि अर्को भेला २३ गते गर्ने र सो भेलाबाट समितिलाई पुर्णता दिने सहमती बनेको थियो ।

तर अभिभावक भेलाको उपस्थितको माइनुटमा सही गराई तीन जना तथा केहि पार्टी नेताहरुले स्कुल बाहिर बन्द कोठामा पुराना कमिटिलाई नै निरन्तरता दिने निर्णय गरी विद्यालयमा राजनितिक गर्न खाजेको अभिभावकहरुको आरोप छ ।

बिवाद सृजना भएपछि स्थगित भएको समितिलाई पुर्णता दिएपछि अहिले अभिभावकहरुको एक समूह जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिने तयारी गरेका छन् । यस बिषयमा स्कुलका प्रअ र बीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखाले स्कुलको व्यवस्थापन समिति संगठन प्रक्रियामा सहयोग गर्नको लागि खटाइएको प्रतिनिधि हरि कुर्मीसँग प्रतिक्रिया लिन खोज्दा मोवाइल स्विच अफ रहेको पाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद