Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा जेठ २६ र २७ गते रात्रि बजार 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा यही जेठ २६ र २७ गते रात्रि बजार लगाउने गरि तयारी अघि बढाइएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार संचालन गर्ने पूर्व घोषित कार्यक्रम अनुरुप यस महिना पनि रात्रि बजार लगाउने तयारी अघि बढाइएको हो ।

रात्रि बजार संचालनको तयारीका लागि शुक्रबार महानगरमा सरोकारवालाहरुबीच छलफल भएको छ ।

छलफलले यस पटक पनि आदर्शनगर क्षेत्रमा रात्रि बजार प्रभावकारी रुपमा संचालन गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ ।

वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई अहिले महिनाको अन्तिम शुक्रबार र शनिबार गरि २ दिन संचालन गरिँदै आएको छ ।

रात्रि बजार व्यवस्थापन समितिको शुक्रबारको बैठकले रात्रि बजार प्रभावकारी भएको भन्दै आउँदा दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय पनि गरेको छ ।

बैठकमा महानगर प्रमुख राजेशमान सिंहले आउँदा दिनमा घण्टाघरदेखि आदर्शनगर, घडिअर्वा लगायतका क्षेत्रलाई समेटेर रात्रि बजारलाई विस्तार गर्दै लैजाने गरि आवश्यक तयारी अघि बढाउन समितिलाई आग्रह गर्नु भएको छ ।

वीरगञ्जको बजार अवेर सम्म संचालन हुने वातावरण बनाउन आफूले रात्रि बजारको अवधारणा अघि बढाएको भन्दै उहाँले यसका लागि यहाँका उद्योगी, व्यवसायी तथा स्थानीय नै अघि सर्नु पर्ने बताउनुभयो ।

महानगर प्रमुख सिंहले रात्रि बजार व्यवसाय चलायमान बनाउनका लागि पहल थालिएको भन्दै यसलाई निरन्तरता दिन अब यसको नेतृत्व वीरगञ्ज उद्योग वाणिज्य संघले लिनु पर्ने पनि बताउनुभयो ।

अहिले महिनामा २ दिन मात्रै चलिरहेको रात्रि बजारलाई आफूले हरेक दिन देख्न चाहेको भन्दै त्यस अनुरासको सुरक्षा व्यवस्था र भन्सार खुला गर्ने जिम्मेवारी लिन आफू तयार रहेको पनि उहाँले बताउनुभयो ।

बैठकमा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवालले महानगरले यहाँको बजार चलायमान बनाउन गरेको प्रयास सह्रानीय रहेको भन्दै आउँदा दिनमा यसलाई संचालन गरेर अघि बढ्नु पर्ने जिम्मेवारी आफूहरुको रहेको धारणा व्यक्त गर्नुभयो ।

रात्रिबजारमा थरिथरिका स्टल राखिने र विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य जयप्रकाश खेतानले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद