Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरसहित औद्योगिक करिडोरका तीन वटै स्थानीय तहले करको दरमा एकरुपता ल्याउने तयारी गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रमा पर्ने तीनै वटा स्थानीय तहले आउँदो आर्थिक वर्षबाट करको दरमा एकरुपता ल्याउन गृहकार्य सुरु गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाको पहलमा बिहीबार तीनै स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एक रुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाएको छ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनै वटा सरकारले यहाँका उद्योगि व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एक रुपता ल्याउन खोजिएको बताउनु भयो ।

बैठकले आयका शीर्षक र करको दरमा एक रुपता ल्याउन वीरगञ्ज महानगरपालिकाका राजश्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजश्व शाखा प्रमूख कृष्ण प्रसाद यादब सदस्य रहेका छन् ।

कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन मुनासिब देखिन्छ भन्ने बारे अध्ययन गरेर तीन दिन भित्र प्रतिबेदन बुझाउने जिम्मेवारी पाएको छ ।

कार्यदलले अध्ययन गरेर प्रतिबेदन दिएपछि पुन: बैठक बसेर त्यस बारेमा निर्णय लिइने महानगर प्रमुख सिंहले बताउनु भयो ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुर सिमराका प्रमुख राजन पौडेल, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जितपुरसिमराका उपप्रमुख भोला प्रसाद अधिकारी,  परवानिपुर गाउँपालिकाका प्रमुख राछत्री प्रसाद कुर्मी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायत तिनै वटा स्थानीय तहका राजश्व शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद