Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काठमाण्डाैमा आजदेखि रोजगार मेला सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाण्डाैमा आज मङ्गलवारदेखि रोजगार मेला सुरु भएको छ । टेकुमा रहेकाे महासङ्घको कार्यालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा रोजगार मेला सुरु भएको हो । मेला भाेलि बुधवारसम्म चल्नेछ ।

मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरूकाे बीचमा पुलको काम गर्ने बताउनुभयो । उहाँले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउन सहयोग पुर्‍याउने बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगार मेलाले रोक्न सक्ने उहाँकाे भनाइ छ ।

अध्यक्ष ढकालले आउँदाे आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोबल उच्च राख्न हरेक क्षेत्रबाट सरकारले सहयोग गर्ने उल्लेख गरेको बताउनुभयो । उहाँले बजेटमा समेटिएकाे स्टार्टप र सीप विकासकाे विषय निजी क्षेत्रले उठाएको बताउनुभयो ।

मेलामा आफूले खाेजेकाे जस्ताे रोजगार पाइने आशामा आउनुभएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले बढ्दै गएको बरोजगारीको समस्या थोरै भए पनि कम हुने बताउनुभयो । उहाँले देशभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरू बढेको भन्दै कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेलामा आएको बताउनुभयो ।

त्यस्तै हिरामाया श्रेष्ठले अनलाइनहरूमा ‘फेक’ राेजगारी प्रचार हुने भएकाले प्रत्यक्षरूपमा बुझ्न मेलामा आएको बताउनु भयो । उहाँले विदेश जानुभन्दा पनि नेपालमा नै रोजगारी खोजेर बस्न सके देश राम्रो हुने बताउनुभयो ।

मेलामा काठमाण्डाै र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासङ्घका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरु भएको छ ।

रोजगार मेलामा एक सय वटाभन्दा बढी कम्पनीहरूको सहभागिता रहेकाे छ । महासङ्घले मेलामा कामको खोजीमा रहेका पाँच हजारभन्दा बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य राखेको छ । मेलामा रोजगारी, सीप एवम् जनशक्ति विकासलगायतका विषयमा विभिन्न परामर्श ‘सेसन’ हरूसमेत हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद