Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहिरा बालबालिकाको भविष्यका लागि सबैले मिलेर काम गरौँ : नगर प्रमुख सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बहिरा बालबालिकाको भविष्यका लागि सबैले मिलेर काम गरौँ ः मेयर सिंह

वीरगञ्ज, १६ जेठ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि आउजाउ गर्न यात्रुवाहक बसको व्यवस्था मिलाउने बताउनुभएको छ ।

वीरगञ्जमा आजदेखि सुरु सरोकारवालाहरुका लागि १० दिने आधारभुत सांकेतिक भाषा तालिमको उद्घाटन गर्नुहुँदै उहाँले बहिरा विद्यार्थीहरुको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताउनुभएको हो ।

महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उहाँले उनीहरुको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताउनुभयो ।

अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उहाँले बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै एक जुट भएर काम गर्नुपर्ने बताउनुभयो ।

बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको पनि उहाँले बताउनुभयो ।

तालिममा १५ जना महिला पुरुषको सहभागिता रहेको छ ।

पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद