वीरगञ्ज । भारतबाट चाँदीको गरगहना अवैध रुपमा नेपाल भित्रयाएको आरोपमा प्रहरीले वीरगञ्जबाट एक महिलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ की ५० वर्षिया उमा देवी रहेकी छन् । प्रहरीले उमा देवीको साथबाट चाँदीको पाउजु ३९ जोर, औंठी ९५ पिस गरी २ किलो १०८ ग्राम चाँदीका गरगहना बरामद गरेको हो ।
पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जारी गरेको प्रेस नोटअनुसार बरामद भएको गरगहनाको अन्दाजी मूल्य १ लाख १२ हजार १६ रुपैयाँ रहेको छ ।
वीरगञ्जको सिमावर्ती भारतीय शहर रक्सौलबाट पैदल हिँडेर इनर्वा नाका हुँदै नेपाल आएकी उमा देवीलाई वीरगञ्ज – १६ रजतजयन्ति चोकस्थित सडकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा प्रहरीले उनको शरिर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र प्लाष्टिकले बेरर लुकाइ छिपाइ राखिएको अवस्थामा गरगहना बरामद भएको डिएसपी गिरीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
उमा देवीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि आइतबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरीले बताए ।