Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सवा दुईकिलो चाँदीको गहनासहित एक जना महिला वीरगञ्जबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भारतबाट चाँदीको गरगहना अवैध रुपमा नेपाल भित्रयाएको आरोपमा प्रहरीले वीरगञ्जबाट एक महिलालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ की ५० वर्षिया उमा देवी रहेकी छन् । प्रहरीले उमा देवीको साथबाट चाँदीको पाउजु ३९ जोर, औंठी ९५ पिस गरी २ किलो १०८ ग्राम चाँदीका गरगहना बरामद गरेको हो ।

पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जारी गरेको प्रेस नोटअनुसार बरामद भएको गरगहनाको अन्दाजी मूल्य १ लाख १२ हजार १६ रुपैयाँ रहेको छ ।

वीरगञ्जको सिमावर्ती भारतीय शहर रक्सौलबाट पैदल हिँडेर इनर्वा नाका हुँदै नेपाल आएकी उमा देवीलाई वीरगञ्ज – १६ रजतजयन्ति चोकस्थित सडकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा प्रहरीले उनको शरिर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र प्लाष्टिकले बेरर लुकाइ छिपाइ राखिएको अवस्थामा गरगहना बरामद भएको डिएसपी गिरीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

उमा देवीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि आइतबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरीले बताए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद