Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माइतीघरको धर्नामा पुगेर सांसद यादवले भने : नदि फोहोर गर्ने उद्योग विरुद्ध सरकारले एक्सन लिनैपर्छ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीको प्रदुषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्ताहरुलार्ई भेटेर पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले उनिहरुको माग प्रति ऐक्यबद्धता जनाएका छन् ।

आइतबार अपरान्ह ४ बजेतिर धर्नास्थलमै पुगेर जसपाका प्रमुख सचेतक समेत रहेका यादवले धर्नामा बसेकाहरुसंग भेटेर उनिहरुको मागप्रति आफनो समर्थन र ऐक्यबद्धता जनाएका हुन् । त्यसक्रममा धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका संरक्षक सरोज राय , संयोजक सुनिल यादवसहितका अभियन्ताहरुले यादवलाई आफुहरुको मागसहितको ज्ञापनपत्रपनि बुझाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सांसद यादवले लेखेका छन् ,‘ वीरगन्जको सिर्सिया नदिको प्रदूषित पानी बोकेर पदयात्रा गर्दै काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना दिइरहनु भएका चुरे तथा वनजंगल संरक्षण अभियानका साथीहरुसंग भेटघाट गर्दै उहाँहरुको मागपत्र बुझेको छु । उहाँहरुको धर्नामा मेरो ऐक्यबद्धता छ । संघीय सरकारको उदासिनताका कारण दसकौंदेखि प्रदूषण र अतिक्रमणको चपेटामा परेको सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन सकिएको छैन ।

धर्नामा बसेका अभियन्ताहरुसंग कुरा गर्दै सांसद यादवले सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सरकार र सम्बन्धित मन्त्रालयले कदम अगाडि बढाउनुपर्नेमा जोड दिए ।यस अभियान बारे आफुले यसअघिनै संसद मार्फत सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै सांसद यादवले अब फेरिपनि ययसबारे सरकारलाई दबाब दिने वाचापनि गरे ।

यसअघि आइतबार नै अपपरान्ह धर्नास्थलमा पुगेर संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री एंव पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य रमेश रिजालले पनि धर्नामा बसेका अभियन्ताहरुलाइ भेटेका थिए । त्यसक्रममा अभियन्ताहरुले मन्त्री रिजाललाई पनि आफुहरुको मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

जेष्ठ ४ गते वीरगञ्ज स्थित सिर्सिया नदिको प्रदुषित पानी बोत्तलमा भरेर त्यहि दिनदेखि पैदल यात्रा थालेका अभियन्ताहरुले आइतबार ११ औं दिन काठमाण्डौ पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा आइतबार काठमाण्डौ पुगेका करिब २५ जना अभियन्ताहरु दिउँसो १ बजेदेखि धर्नामा बसेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद