वीरगञ्ज,१४ जेठ । पोखराबाट वीरगञ्ज तर्फ आउँदै गरेको बस ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
बागमती प्रदेश ०३–००१ ख २३१५ नम्बरको अनमोल ट्राभल्सको बस आइतवार बिहान सवा ४ बजेतिर दुर्घटना हुनबाट जोगिएको हो ।
वीरगञ्जको आर्मी ब्यारेक गेट अगाडी ट्रकलाई ओभरटेक गर्ने क्रममा मुख्य सडकमा बनाइएको पाईप रेलिङ्गमा बस ठोक्किएको थियो । ओभरटेक गर्ने क्रममा बसले पहिला ट्रकमा छोएको र बचाउने क्रममा पछि बाटोको रेलिङ्ंगमा ठोक्किएर दुर्घटना भएपनि कुनै मानवीय क्षती भने भएको छैन ।
बसको अगाडिको भाग ठक्कर खाएर केही क्षतीग्रस्त भएको छ भने बस र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस