Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमआईटीसी वीरगञ्जको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित मोदि इन्सीच्यूट एण्ड ट्रेनिङ् सेन्टर (एमआईटीसी) को आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्जको मकालु होटलमा आयोजित कार्यक्रमका बीच इन्सीच्यूटमा ब्रिज कोर्सको तयारी गर्न आएका विद्यार्थीहरुलाई स्वागतसँगै इन्सीच्यूटमा अध्यापन गराउँदै आएका शिक्षकहरुलाई सम्मान गरिएको हो ।

विगत आठ वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको इन्सीच्यूटले विद्यार्थीको क्षमतालाई प्रस्तुत गर्न र शिक्षकहरुको प्रोत्साहनका लागि हरेक वर्ष कार्यक्रम गर्दै आएको एमआईटीसीकी अध्यक्ष गुञ्जन मोदीले बताइन् । एमआईटीसीले विद्यार्थीहरुको शिक्षणसँगै चौतर्फी विकासको क्षेत्रमा काम गर्दै आएको उनको भनाई छ ।

स्वागत एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसियाले आफ्नै वडामा रहेको एमआईटीसीले शैक्षिक क्षेत्रमा गर्दै आएका काम अत्यन्तै सह्रानीय रहेको बताए । उनले भने, ‘यस इन्सीच्यूटले गरेका सबै काम सह्रानीय छन्, विद्यार्थीहरुको सिकाईसँगै अतिरिक्त क्रियाकलापमा पनि यसले जोड दिँदै आएको छ । आगामी आर्थिक वर्षमा वडा कार्यालयबाट पनि केही रकमको बिनियोजन गरेर सहकार्य एवम् समन्वय गर्दै काम गर्ने विश्वास दिलाउँछु ।’

मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका संयोजक देवेश गुप्ताले अहिलेको सिक्ने समयमा क्षणिक खुशीको पछि नलाग्न सुझाव दिए । अहिलेको क्षणिक खुशीमा रुमल्लीएमा दीर्घकालिन रुपमा खुशी र सुखी हुन नसक्ने बताउँदै उनले लक्ष्यप्रति अडिग भएर अगाडी बढ्न आग्रह गरेका छन् ।

यात्रा डेली अनलाईनका सञ्चालक आशु सर्राफले प्रविधिको पहुँचबाट कोही पनि टाढा नरहेको बताउँदै सही ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रविधिको प्रयोगबाट पनि धेरै कुरा सिक्न सकिने बताउँदै उनले सीपको विकास गर्न सकेमा आत्मनिर्भर हुन सकिने बताए । कार्यक्रममा माईस्थान विद्यापीठ माविका लेखापाल सुजित सर्राफले पनि मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा एमआईटीसीमा अध्यापन गराउने विवेक कर्ण, सूर्यनारायण वि.क., रोहित गुप्ता, योगेश जाटिया, शुभम तुल्स्यान, सन्जित गुप्ता, अरुण चौधरी, राधिका जाटिया लगायतलाई कदर पत्रमार्फत सम्मान गरिएको थियो ।

शैक्षिक भ्रमणसँगै विभिन्न किसिमका खेलकुद गतिविधि पनि इन्सीच्यूटले गराएर विद्यार्थीहरुको चौतर्फी विकासलाई प्राथमिकता दिँदै आएको इन्सीच्यूटका प्रबन्ध निर्देशक राहुल मोदीले बताए ।

उनकाअनुसार विद्यार्थीहरुलाई सही रुपमा मार्गनिर्देश गर्नुका साथै उनीहरुको चाहनाबमोजिम इन्सीच्यूटमा कार्यक्रम उद्घोषण, पब्लिक स्पिकीङ्ग, लगायतका अतिरिक्त कक्षा पनि सञ्चलन हुँदै आएको छ ।

एमआईटीसीमा अध्ययनरत छात्र रोहन यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा त्यँहीका विद्यार्थीहरुले विभिन्न किसिमका मनोरञ्जनात्मक एवम् चेतनामुलक प्रस्तुतीहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण एमआईटीसीमै अध्ययनरत उज्जवल बाबु कट्टेल, काजल कुशवाह र श्रद्धा खेतानले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद