Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको बकैया नदिमा अवैध उत्खनन् गर्ने ३ वटा ट्रीपर प्रहरीद्वारा नियन्त्रण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बारा जिल्लास्थित बकैया खोलाबाट नदीजन्य पदार्थ (रोडा, ढुङ्गा, ग्रेभल र बालुवा) बिक्री वितरण र संकलनको लागि लगाएको ठेक्का सकारे गरेको कम्पनीले अनियमित रुपमा उत्खनन गरेपछि बारा प्रहरीले बुधवार दिउसो तीन वटा जेसिबी नियन्त्रमा लिएको छ ।

जिल्लाको निजगढ नगरपालिकासँग सिमा जोडिएको कोल्हबी नगरपालिकास्थित बकैया खोलाबाट ढुङ्गा, गिटी र बालुवा अनियमित रुपमा उत्खनन गरेको पाइएपछि प्रहरीले बा ३ क ३३०८, बा १ क ८०८० र बा ३ क ३१०८ नम्बरको जेसिबी खोलबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको जेसिबी जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ राखिएको छ । नम्बर प्लेटसमेत नराखी अबैध उत्खनन भईरहेको जानकारीमा आएकोले ईलाका प्रहरी कार्यालय निजगढ र ट्राफिक प्रहरी कार्यालय निजगढबाट गएको संयुक्त टोलीले जेसिबी नियन्त्रणमा लिएको थियो ।

ठेक्का संझौताअनुसार कोल्हबी नगरपालिकाले बा ३ क ३२२ र ना. १ क ८१८४ नम्बरको दुई जेसिबीलाई मात्र खोलामा उत्खनन अनुमति दिएको भएपनि ठेकदारले ४ वटासम्म जेसिबी प्रयोग गरेर अवैध उत्खनन गर्दैआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रुपेशकुमार ठाकुरले बताए ।

यसअघि पनि अवैध उत्खननको आरोपमा प्रहरीले ६ वटा ट्रिपर नियन्त्रणमा लिएर डेढ लाख जरिवाना तिराएको थियो । खोला उत्खननका लागि प्रसाई सेवा कोल्हबी, रियान्स निर्माण सेवा कोल्हबी, सिद्धार्थ निर्माण सेवा काठमाडौँ र रामदुलारी कन्सन्सट्रक्सन कोल्हबीले चार करोड रुपैयाँमा ठेक्का सकार गरेका छन् ।

कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले ठेकदारले बदमासी गरेको स्वीकार गर्दै आफूले पटकपटक अनुगमन गरेपनि जिल्ला समन्वय समितिले अनुगमन नगरेका कारण ठेकदार कम्पनीले मनोमानी गरेको बताए । अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले हालसम्म एक पटक मात्र अनुगमन गरेको चौधरीले बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद