Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको छिपहरमाई गाउँपालिकामा अख्तियारको छापा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १०,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाको काम कारवाही र विकास निर्माणमा गरिएको भ्रष्टाचारविरुद्ध परेका उजुरी सम्बन्धि कागजात माग गर्दापनि गाँउपालिका कार्यालयले उपलब्ध नगराएपछि मंगलबार अख्तियार टोलीले गाउँपालिका कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले मंगलबार गाउँपालिका कार्यालयमा छापा मारेर उजुरी परेका योजना सम्बन्धि फाइल र कागजातहरु नियन्त्रणमा लिएको हाे ।

गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा लगायतका जनप्रतिनिधि र कर्मचारीले मिलोमतोमा विभिन्न योजना, कर्मचारी नियुक्ति, सामग्री खरिद लगायतमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले सम्बन्धित योजनाहरुको कागजात माग गरेको थियो । तर प्रमुख प्रशासकीय अधिकृत ओझाले कागजात उपलब्ध गराउन आलटाल गर्दै आएका थिए ।

पटकपटक आग्रह गर्दापनि गाउँपालिकाले कागजात उपलब्ध नगराएपछि अख्तियार टोलीले कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । ‘हामीले कयौँ पटक कागजातहरु माग गर्‍यौं तर छिपहरमाईका कर्मचारी र जनप्रतिनिधिले विभिन्न बहाना बनाउँदै फाइल दिन आनाकानी गर्दै आइरहेका थिए,’ सूचना अधिकारी सापकोटाले भने, ‘अत्ती भएपछि हामी आफै गाउँपालिका पुगेका हौँ, आवश्यक कागजात र फाइलहरु नियन्त्रणमा लिएर आएका छौँ ।’

सूचना अधिकारी सापकोटाका अनुसार गाउँपालिकाका अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत ओझाविरुद्ध कम्तिमा पनि १५ वटा उजुरी परेको छ ।

फाइलहरु छिपहरमाईविरुद्ध परेका उजुरीका विषयमा छानविनी गरिरहेका अनुसन्धान अधिकृतलाई बुझाइएको सापकोटाको जानकारी दिए । अनुसन्धानका क्रममा भ्रष्टाचार ठहर भए अख्तियारले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।

यता, गाउँपालिका अध्यक्ष गुप्ताले भने छापामारी नभएको दावी गरे । परेको उजुरी सम्बन्धि कागजातहरु अध्ययनका लागि अख्तियार टोलीले लगेको बताउँदै उनले भने, ‘छापामारी नै भएको होइन । ‘करारमा नियुक्त गरिएका कर्मचारीको विषयमा कसैले उजुरी दिएको रहेछ, सोही सम्बन्धि आवश्यक कागजात अध्ययनका लागि अख्तियार टोलीले लागेको मात्र हो ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८० जेष्ठ १०,बुधबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८० जेष्ठ १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद