Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न व्यवसायीको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल चामल तेल दाल उद्योग संघले तोरीको तेलमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै संघले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि तोरीको तेलमा लगाइएको १३ प्रतिशत भ्याट हटाउनुपर्ने बताएको हो। अवैधानिक तरिकाबाट अत्याधिक रूपमा भित्रिएको तोरीको तेलका कारण नेपालका स्वदेशी उद्योग बन्द भएका संघको भनाइ छ।

संघले चामल, तेल र दाल मिल कृषि उद्योग भएकाले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने र रातो बासमती चालम विदेश निर्यातका लागि खुला गरिनुपर्ने माग पनि गरेको छ।

त्यस्तै दाल निर्यात गर्दा लाग्ने प्रतिकेजी १ रुपैयाँ निकासी शुल्क हटाउनुपर्ने, तयारी दालको सट्टा कच्चा दाल आयात गर्नुपर्ने, स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल आयात गर्दा १.५ प्रतिशत एडभान्स इन्कम ट्याक्स लगाउनुपर्ने संघका अध्यक्ष डा.सुवोधकुमार गुप्ताले बताए।

सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरी स्वदेशी कृषि उद्योग संरक्षणका साथै रोजगारी सिर्जनालगायत पूर्वाधार निर्माणका लागि आगामी बजेटमार्फत मार्गप्रशस्त गर्न अनुरोध गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद