Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साउथजोन मा.वि. का विद्यार्थीहरूलाई भोजपुरी भाषाबारे प्रशिक्षण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भोजपुरी समाजको आयोजनामा भोजपुरी भाषा र संरक्षण तथा विशेषताबारे साउथजोन माविमा  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीले निरन्तररूपमा भोजपुरी भाषाको विशेषता तथा लोप भइरहेका भोजपुरी लोकसंस्कृतिको विषयमा समाजले विद्यालयस्तरबाट जागरण कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

वीरगंज–१३ राधेमाईस्थित साउथजोन माविमा अध्ययनरत छात्रछात्राहरूलाई आज भोजपुरी भाषाबारे जानकारी गराइएको थियो ।

विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष ठकुरीले आफूद्वारा रचित भोजपुरी गीत सुनाएका थिए । उनले समाजबाट परम्परागत भोजपुरी गीतहरू लोप भएका र अश्लीलता हाबी भएकोले भोजपुरी भाषाप्रति आकर्षण घटेको बताए । उनले समाजले भोजपुरी भाषाको उत्थानका लागि काम गरिरहेको र आगामी केही वर्षमा यसको प्रतिफल देखिने बताए ।

समाजका सचिव राजेन्द्र सिंह राजपूतले भोजपुरी भाषाको संरक्षण र स्वास्थ्य क्षेत्रमा विद्यार्थीहरूलाई निश्शुल्क प्रशिक्षण दिंदै आएको बताए ।

कार्यक्रममा रमिता महर्जनले विद्यार्थीहरूलाई स्वस्थ प्रजनन शिक्षाको बारेमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा सन्दीप साह, अनीता कुँवर, मनोज मिश्र, सञ्जय गुप्ता, लालबाबू सिंह, राजकुमार सर्राफ, विशाल पटेल, अनिशकान्त कुशवाहालगायतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद