सिम्रौनगढ, बारा । स्थानीय सरकारदेखि संघीय सरकारको मौनताले बाराको सिम्रौनगढ़ मालपोत कार्यालय उद्घाटन भएको १ बर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आएको छैन।
बाराको सिम्रौनगढमा गत भदौ १५ गते मालपोत कार्यालयको उद्घाटन भएपनि अहिलेसम्म कामकाज सुरु भएको छैन । घरदैलो मै सेवा दिन स्थापना गरिएको कार्यालय लामो समयसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि घण्टौँ हिँडेर सदरमुकाम कलैया धाउनुपर्ने सेवाग्राहीको बाध्यता छ ।
साविकका २८ वटा गाविसका स्थानीयलाई जग्गा सम्बन्धी काममा छिटो छरितो सेवा दिन २०७२ सालमा बाराको सिम्रौनगढमा मालपोत कार्यालय स्थापना भएको थियो । त्यसको सात वर्षपछि मात्र कार्यालय तयार भयो । तत्कालीन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कार्यालयको उद्घाटन गरिन् । तर उद्घाटनको सात महिना बितिसक्यो । अहिलेसम्म कार्यालय सञ्चालनमा आएको छैन ।
पटक-पटक विभिन्न विवादका कारण सात वर्षसम्म सञ्चालनमा आउन नसकेको कार्यालय अहिले पनि सञ्चालनमा आउन न सकने आशंका गर्न थालिएको छ ।
उक्तकार्यालय सञ्चालनका लागि स्थानीयवासीले प्रयास गरे पनि सरोकारवाला निकायको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको हो ।
सिम्रौनगढ़ मालपोत कार्यालय सञ्चालनका लागि स्थानीयवासीले विगत आठ वर्षदेखि विभिन्न राजनीतिक दलका स्थानीय देखि केंद्रीय नेतासँग आग्रह गर्नाका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। साभार : कोल्हवी न्युज