Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रतिबन्धित भारतीय रकम सहित वीरगञ्जबाट दुईजना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १९,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ वैशाख । नेपालमा प्रतिबन्धित रहेको ५ लाख ७५ हजार भारतीय रकम सहित वीरगञ्जबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंह रहेका छन ।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ संकास्पद पैदल हिँडी आउदै गरेको गुप्ताले पछाडि भिरेको निलो रंगको झोलामा प्रतिबन्धित भारतीय ५ सय दरको ३ सय ६३ थान, २ सय दरको १३ थान, १ सय दरको १ सय ४५ थान, ५० दरको २८ थान गरी दुई लाख फेला परेको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।

साथै रजतजयन्ती चोक स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ संकास्पद रूपमा हिडिँरहेका सिंहलाई चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित २ हजार दरका २१ थान,५ सय दरको ६ सय ४४ थान, २ सय दरको ३३ थान, १ सय दरको ४५ थान र ५० दरको १४ थान गरी भारतीय ३, लाख ७५ हजार ८ सय फेला परेको प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।

बरामद रकम सहित दुवैजनालाई थप आवश्यक कार्यवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद